गाजा युद्धविरामका लागि वार्ता‘ जारी छ : कतार « Khabarhub

गाजा युद्धविरामका लागि वार्ता‘ जारी छ : कतार


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दोहा – युद्धरत पक्षहरूले प्रगतिको अभावमा दोषारोपण गरे पनि हमास र इजराइलबीच गाजा युद्धविराम र बन्धकहरूको आदानप्रदानमा वार्ता जारी रहेको मध्यस्थकर्ता कतारले मङ्गलबार बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले वार्ता ‘जारी’ रहेको उल्लेख गर्दै ‘कुनै पनि टोलीले वार्ताबाट बाहिरिएको भन्ने सोचको विकास नभएको’ बताए ।

गाजामा युद्धविराम सुनिश्चित गर्न र इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा इजराइली बन्धकहरूको रिहाईका लागि धेरै सातादेखि पर्दापछाडि रहेर अमेरिका र इजिप्टसँग मिलेर कतार वार्तामा संलग्न रहेको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सोमबार ‘तत्काल युद्धविराम’ को माग गर्दै एउटा प्रस्ताव ग्रहण गरेपछि हमास र इजराइलले कुनै पनि सम्झौता गर्न असफल भएको दोषारोपण लगाएका छन् ।

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र उनको मन्त्रिपरिषद ‘वार्ताको प्रयास असफल हुनु र अहिलेसम्म कुनै सम्झौता हुनबाट रोक्नका लागि पूर्णरूपमा जिम्मेबार रहेको’ हमासले बताएको छ ।

जवाफमा नेतान्याहु कार्यालयले सामाजिक सञ्जाल एक्समा सुरक्षा परिषद्को मतदानबाट उत्साहित भएकाले हमासलाई ‘वार्ता जारी राख्न कुनै रुचि नभएको’ आरोप लगाएको छ ।

प्रवक्ता अन्सारीले दोहा पत्रकार सम्मेलनमा सुरक्षा परिषद्को प्रस्तावको स्वागत गर्दै उक्त प्रस्तावले ‘वार्तामा कुनै प्रभाव नपार्ने’ बताए ।

उनले दोहामा इजराइली प्राविधिक टोलीको उपस्थितिबारे विशेषरूपमा टिप्पणी गर्न नसक्ने बताए । यद्यपि उनले भने, “यी टोलीहरूको आगमन र प्रस्थान हुँदै गर्दा पनि दोहामा बैठकहरू अहिले पनि जारी छन् र यी वार्ता गर्ने टोलीका केही हिस्सा हुन् भन्ने म पुष्टि गर्न सक्छु, अहिले मैले बोलिरहँदा पनि दोहामा वार्ता भइरहेको छ ।”

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ८ : ५० बजे

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला- जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको