कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम « Khabarhub

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ । पालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो ।

त्यस अवसरमा कालिकाका नगर प्रमुख बिनोद रेग्मीले सवारी चालक (ड्राइभिङ) तालिमले महिलाहरूलाई स्वदेश तथा विदेशमा जहाँ गएपनि व्यवसयीक तथा स्वरोजगार बन्न सहयोग पुग्ने बताए । उनले भने, ‘सीप भएका मानिसलाई कामको दुःख छैन ।’ 

कालिका–४ पदमपुरस्थित शहीद स्मृति क्याम्पसचौरमा पालिकाका ७० जना महिलालाई बिहीबारदेखि पन्ध्रदिने निःशुल्क हलुका चारपाङ्ग्रे सवारी साधन चालक तालिम आयोजना गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गौतमले जानकारी दिए।

  व्यावसायिक चालक बन्न प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उनले बताए।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : ५३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको