मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ? « Khabarhub

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई दिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले दुई महिनाअघि आह्वान गरेको ठेक्का भारतीय कम्पनी इण्डियन पोटास लिमिटेडले हात पारेको हो ।

एक करोड २८ लाख ७६ हजार ३०० अमेरिकी डलर (करिब १ अर्ब ७१ करोड २५ लाख रुपैयाँ) मा इण्डियन पोटासले ठेक्का सकारेको हो ।
ठेक्का शर्तअनुसार भारतीय कम्पनीले १०७ दिनभित्र नेपालमा ३० हजार टन युरिया मल ल्याउनुपर्नेछ ।

यसअघिका वर्षमा राजनीतिक पहुँच आधारमा ठेक्का हात पार्ने, तर मल नै नल्याई खेती लगाउने सिजनमा किसानलाई अत्याउने प्रवृत्ति थियो । यसपटक भारतीय कम्पनीले सीधै ठेक्का पाएकाले किसानले समयमै मल पाउने कृषि सामग्री केन्द्रका अधिकारीहरू बताउँछन् ।

तर, धानको ब्याड राख्ने समय भैसकेको र मल ल्याउन १०७ दिनको समय दिइएकाले यसपटक पनि किसानले समयमै मल नपाउने जोखिम कायमै छ । ठेक्का लागेको ३ महिना १७ दिन हिसाब गर्दा भारतीय कम्पनीले अवधि गुजार्न खोजे भदौको मध्यतिर मात्र नेपालमा युरिया मल उपलब्ध हुन सक्छ ।

भारतीय ठेकेदारले ल्याएको मल जिल्ला–जिल्लामा वितरण गर्दासम्म मुख्यतः धान काट्ने याम शुरू भइसक्छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १० : १५ बजे

इरान युद्ध १५ औँ दिनमा : सैन्य क्षमता सिध्याएको ट्रम्पको जिकिर, इरानद्वारा खण्डन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अवरोध पुर्‍याएको हर्मुज

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी– गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ

नेताबीच जुहारी होइन, आत्मसमीक्षा गरौँ : याेगेश

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल