क्यानाडाको आश देखाएर यौन शोषण, बिहेको बहानामा दुबई लगेर बेचियो « Khabarhub

क्यानाडाको आश देखाएर यौन शोषण, बिहेको बहानामा दुबई लगेर बेचियो


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यानाडा पठाइदिने प्रलोभन देखाएर युवतीलाई दुबईमा बेचेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

क्यानडा पठाइदिन्छु भनेर एकजना युवतीलाई दुबईमा लगेपछि बेचेको अभियोगमा प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका-३ घर भई काठमाडौंको नागर्जुन नगरपालिका-१ बस्ने फिरोज खान भन्ने २६ वर्षीय फरमान हवारीलाई बुधबार पक्राउ गरेको हो ।

मल्टिमिडिया प्लाटफर्म टिकटकबाट चिनजान भएका हवारीले धेरैजनालाई यसअघि क्यानाडा पठाइसकेको प्रलोभनमा पारेर ती युवतीलाई दुबईमा बेचेको खुलेको हो ।

पीडितलाई दुबई पुर्‍याएर बेचबिखनपछि बन्धक बनाएको अवस्थामा पीडितका आफन्तहरूको सहयोगमा नेपाल फिर्ता गराइएको थियो ।

घटनापछि फरार हवारीलाई मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनसँगको समन्वयमा नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

हवारीले क्यानडा जान ३० लाख रूपैयाँ लाग्ने बताउनुका साथै ती युवतीलाई बिहे गर्ने प्रलोभन देखाएर नेपालमै पटक पटक यौन शोषण गरेको पनि खुलेको प्रहरीले जनाएको छ । बिहेको बहानामा यौन शोषणपछि ती युवतीलाई दुबई लगेर बेचिएको खुलेको छ ।

हवारीले युवतीबाट विभिन्न समयमा ११ लाख २८ हजार रूपैयाँ ठगी गरेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

हवारीविरुद्ध मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान थालिएको छ । यस प्रकरणमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १२ : २४ बजे

परराष्ट्रमन्त्री खनाल र बेलायतका मन्त्री मल्होत्राबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री

महोत्तरीमा डुबेर एकै दिन चार बालिकाको मृत्यु

महोत्तरी । महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ

एमाले सचिवालय बैठक शनिबार पुनः बस्ने

भक्तपुर – नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौं – प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

कृष्ण बिकको ‘ढल्की ढल्की’ सार्वजनिक

काठमाडौं – गायक कृष्ण बिक र गायिका दिपिका बायम्बुको स्वर