अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ | Khabarhub Khabarhub

अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकजना अढाई वर्षीया नाबालिकालाई भारत लगेर बेचेको खुलेको छ ।

अढाई वर्षीया ती नाबालिकालाई बेचबिखन गरेको अभियोगमा प्रहरीले ललितपुरको गोदावरी नगरपालिका-१३ घर भई काठमाडौंको जडीबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

विश्वकर्माले मकवानपुरको एक परिवारकी नाबालिकालाई होस्टेलमा राखेर पढाइदिने प्रलोभन देखाएर काठमाडौंस्थित आफ्नै घरमा राखेकी थिइन् ।

काठमाडौं ल्याइएकी ती नाबालिकालाई उनले भारतको सिलगुडीबाट आएकी साथीलाई सुम्पिएको खुलेको थियो ।

उनले नाबालिकालाई भारतको सिलगुडीस्थित साथीलाई बेचेको सूचनाको आधारमा राष्ट्रिय बालबालिका खोजतलास केन्द्र तथा राष्ट्रिय बाल अधिकार परिषद्को पहलमा खोजतलास थालिएको थियो ।

ती बालिकाको उद्दार गरेर हाल सुरक्षित आवासगृहमा राखिएको प्रहरीले जनाएको छ । मानवबेचबिखन

अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले विश्वकर्मालाई काठमाडौंको भृकुटीमण्डपबाट पक्राउ गरेर हिरासतमा लिएको छ ।

उनीविरुद्ध मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान
गरिरहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १२ : ५५ बजे

सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार