अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त « Khabarhub

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काबुल– हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७० वटा विद्यालय र मदरसा क्षतिग्रस्त भएको र पर्याप्त कोषको अभावले मर्मतमा बाधा पुर्‍याइरहेको टोलो न्युजले जनाएको छ ।

उरुजगनका शिक्षा प्रमुख समसुल्ला कामरानले उरुजगन शिक्षा विभागसँग ती विद्यालयहरूको पुनर्निर्माण गर्न पर्याप्त रकम नभएको बताए । ‘वर्षा र बाढीका कारण लगभग ७० वटा विद्यालय पूर्ण वा आंशिकरूपमा क्षतिग्रस्त भएका छन्, सम्बन्धित निकायबाट विद्यालयहरूलाई उचित संरक्षण प्राप्त नभएमा उरुजगन प्रान्तले अस्वभाविक समस्याहरूको सामना गर्नुपर्ने छ’, उनले भने। प्रान्तका धेरै शिक्षक र विद्यार्थीहरूले शैक्षिक प्रक्रिया सुस्त भएको बताएका छन् ।

क्षतिग्रस्त विद्यालयहरूका अधिकांश विद्यार्थी अहिले खुला क्षेत्र वा निजी निवासमा पढिरहेको स्रोतले जनाएको छ । विद्यार्थीहरूले सिक्ने ठाउँको अभावमा दिन कटाइरहेका छन् ।’ शिक्षक सिराजुद्दिन सिराजमललाई उद्धृत गर्दै टोलो न्युजले भनेको छ ।

कठिन परिस्थितिलाई उजागर गर्दै एक जना विद्यार्थी जावेदले भने, ‘हामी घाममुनि बस्छौँ, हामीसँग केही छैन र शिक्षकहरू पनि आउनुहुन्न, यसले हामीलाई घर फर्कन बाध्य पार्छ ।’

यसैगरी अर्का एक विद्यार्थीले पढाइ जारी राख्नका लागि आफ्ना विद्यालयहरू पुनर्निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् । टोलो न्युजका अनुसार उरुजगनका स्थानीयवासीहरूले पनि शैक्षिक सुविधाहरू गुमाएकोमा चिन्ता व्यक्त गरेका छन् । यसबाट आफ्ना बालबालिकाको शैक्षिक विकासमा हानिकारक असर पर्ने उनीहरूको गुनासो छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  २ : २९ बजे

विश्वकपमा दक्षिण अफ्रिकाको विजयी सुरुवातः क्यानडा ५७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार राति भएको खेलमा

टी–२० विश्वकप : पाकिस्तानले गर्‍यो भारतसँग खेल्ने निर्णय

काठमाडौं – सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा भारतविरुद्धको

व्हाट्सएपमा एआई पहुँच सुनिश्चित गर्न मेटालाई निर्देशन

ब्रसेल्स – युरोपेली सङ्घले मेटालाई आफ्ना ‘व्हाट्सएप’ प्लेटफर्ममा कृत्रिम बुद्धिमत्ता

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी मुद्राको विनिमय