संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा « Khabarhub

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् ।

शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले बिगतका भन्दा निकै राम्रो संविधान बने पनि केही त्रुटिहरूलाई संशोधन गर्दै संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी हुन् ।

उनले संविधानमा उल्लेख मौलिक अधिकार र अन्य धाराहरूमा रहेका व्यवस्थालाई कार्यान्वयन गर्ने अवस्थामा पुगे व्यवस्थाका साथै अवस्था पनि परिवर्तन हुने धारणा राखिन् ।

राजनीतिक नेतृत्व र सञ्चार क्षेत्रले संविधानमा लेखेका कुराहरूलाई व्यवहारमा उतार्न गम्भीरतापूर्वक लाग्नुपर्ने उनले बताइन् । मन्त्री शर्माले संविधान, व्यवस्था र कानूनका कुरा जनतामा लैजान नसक्दा कार्यान्वयनमा केही समस्या देखिएको धारणा राखिन् । उनले मुलुकको परिवर्तनप्रति देखिएका नकारात्मक भावलाई हटाउन व्यवहारमा सुधार गर्दै जानुपर्ने जिकिर गरिन् ।

उनले व्यवस्था सञ्चालन गर्नेको दोष व्यवस्थाले भोग्नु नहुने र गल्ती गर्ने जतिसुकै ठूला मान्छे भए पनि कानूनी दायरामा आउने स्पष्ट पारिन् ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ३ : १५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका