डेढ केजी अवैध सुन किनबेच गर्दागर्दै समातियो नेपाली र भारतीय गिरोह | Khabarhub Khabarhub

डेढ केजी अवैध सुन किनबेच गर्दागर्दै समातियो नेपाली र भारतीय गिरोह

चीनबाट भित्र्याएर भारतीय बजारतर्फ पठाउने प्रयास


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

अवैध सुनको कारोबार भइरहेको सूचना पाएपछि सक्रिय भएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपाली र भारतीय ग‍िरोहका ७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले शुक्रबार काठमाडौंको न्यूरोडसहितका क्षेत्रबाट १७६८.२९ ग्राम अवैध सुन बरामद गरेको छ । नेपाली र भारतीय गिरोहबाट प्रहरीले १ करोड ४३ लाख ६० हजार रूपैयाँ पनि बरामद गरेको छ । बरामद गरिएको सुन ९ वटा टुक्रामा रहेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उक्त परिमाणको सुन र नगदसहित पक्राउ परेका नेपाली र भारतीयसहित सबै सातैजनालाई शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

यो प्रकरणमा पक्राउ पर्नेमा नेपाली गिरोहका नाइकेका रुपमा रहेका दार्चुलाको महाकाली नगरपालिका-३, टाँटे निवासी ४७ वर्षीय गणेश दत्त बडू छन् । बडूसहितले उक्त परिमाणको अवैध सुन चिनियाँ नाकाबाट ल्याएर भारततर्फ पठाउने तयारी गरिरहेका बेला समातिएका हुन् ।

गणेशमाथि यसअघि पनि अवैध सुन तस्करीको आरोप लाग्दै आएको थियो । उनी २०७४ भदौ १९ गते ठमेलबाट बरामद ८८ केजी अवैध सुन प्रकरणमा पनि मुछिएका व्यक्ति हुन् । ८८ केजी सुन प्रकरणमा उनले मुद्दा पनि खेपेका थिए ।

गणेश बडूसँगै उनका २१ वर्षीय छोरा आयुष बडू पनि अवैध सुन कारोबार प्रकरणमा पक्राउ परेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार भारतीय गिरोहसँग सुनको कारोबारमा संलग्न झापाको विर्तामोड निवासी गणेश बडूका साला पर्ने ३० वर्षीय दिनेश खरेल र २२ वर्षीय भरतराज खरेल पनि पक्राउ परेका छन् ।

राठौरका अनुसार यो अवैध सुनको कारोबार आयुषले डेराका रुपमा प्रयोग गर्दै आएको न्यूरोडको दुछेंननीस्थित एक घरमा भइरहेको थियो । उनीहरू सबैलाई सुन किनबेच गरेर रकम लेनदेन गरिरहेका बेला प्रहरीको फन्दामा परेका हुन् ।

प्रहरीका अनुसार बडूका सालासमेत रहेका झापाको बिर्तामोडका खरेल दाजुभाइको डेराबाटसमेत अवैध सुन बरामद गरिएको छ ।

यस प्रकरणमा अवैध सुन किन्न भारतको महाराष्ट्र राज्यबाट आएका ३ जना भारतीय नागरिकहरू पनि समातिएका छन् । उनीहरूले सुनको पैसा भुक्तानी गरिरहेको अवस्थामा न्यूरोडबाटै पक्राउ परेका हुन् ।

प्रहरीले महाराष्ट्रको सांगली आटपाडी थाना घर भए का ३७ वर्षीय अमोल विभूते, त्यहीँका १८ वर्षीय ऋषिकेश प्रकाश विभूते र अर्का १८ वर्षीय गणेश सतिश वाल्टेलाई पनि समातेको छ । उनीहरू तीनैजना उक्त अवैध सुन खरिदका लागि आएका खुलेको छ ।

पक्राउ परेका सबैजनालाई बरामद नगद अवैध सुनसहित राजस्व छलीसमेतको कसुरमा कानुनी कारबाहीका लागि शुक्रबार नै राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकमा पठाइएको राठौरले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ३ : ५२ बजे

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका