डेढ केजी अवैध सुन किनबेच गर्दागर्दै समातियो नेपाली र भारतीय गिरोह « Khabarhub

डेढ केजी अवैध सुन किनबेच गर्दागर्दै समातियो नेपाली र भारतीय गिरोह

चीनबाट भित्र्याएर भारतीय बजारतर्फ पठाउने प्रयास


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

अवैध सुनको कारोबार भइरहेको सूचना पाएपछि सक्रिय भएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपाली र भारतीय ग‍िरोहका ७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले शुक्रबार काठमाडौंको न्यूरोडसहितका क्षेत्रबाट १७६८.२९ ग्राम अवैध सुन बरामद गरेको छ । नेपाली र भारतीय गिरोहबाट प्रहरीले १ करोड ४३ लाख ६० हजार रूपैयाँ पनि बरामद गरेको छ । बरामद गरिएको सुन ९ वटा टुक्रामा रहेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उक्त परिमाणको सुन र नगदसहित पक्राउ परेका नेपाली र भारतीयसहित सबै सातैजनालाई शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

यो प्रकरणमा पक्राउ पर्नेमा नेपाली गिरोहका नाइकेका रुपमा रहेका दार्चुलाको महाकाली नगरपालिका-३, टाँटे निवासी ४७ वर्षीय गणेश दत्त बडू छन् । बडूसहितले उक्त परिमाणको अवैध सुन चिनियाँ नाकाबाट ल्याएर भारततर्फ पठाउने तयारी गरिरहेका बेला समातिएका हुन् ।

गणेशमाथि यसअघि पनि अवैध सुन तस्करीको आरोप लाग्दै आएको थियो । उनी २०७४ भदौ १९ गते ठमेलबाट बरामद ८८ केजी अवैध सुन प्रकरणमा पनि मुछिएका व्यक्ति हुन् । ८८ केजी सुन प्रकरणमा उनले मुद्दा पनि खेपेका थिए ।

गणेश बडूसँगै उनका २१ वर्षीय छोरा आयुष बडू पनि अवैध सुन कारोबार प्रकरणमा पक्राउ परेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार भारतीय गिरोहसँग सुनको कारोबारमा संलग्न झापाको विर्तामोड निवासी गणेश बडूका साला पर्ने ३० वर्षीय दिनेश खरेल र २२ वर्षीय भरतराज खरेल पनि पक्राउ परेका छन् ।

राठौरका अनुसार यो अवैध सुनको कारोबार आयुषले डेराका रुपमा प्रयोग गर्दै आएको न्यूरोडको दुछेंननीस्थित एक घरमा भइरहेको थियो । उनीहरू सबैलाई सुन किनबेच गरेर रकम लेनदेन गरिरहेका बेला प्रहरीको फन्दामा परेका हुन् ।

प्रहरीका अनुसार बडूका सालासमेत रहेका झापाको बिर्तामोडका खरेल दाजुभाइको डेराबाटसमेत अवैध सुन बरामद गरिएको छ ।

यस प्रकरणमा अवैध सुन किन्न भारतको महाराष्ट्र राज्यबाट आएका ३ जना भारतीय नागरिकहरू पनि समातिएका छन् । उनीहरूले सुनको पैसा भुक्तानी गरिरहेको अवस्थामा न्यूरोडबाटै पक्राउ परेका हुन् ।

प्रहरीले महाराष्ट्रको सांगली आटपाडी थाना घर भए का ३७ वर्षीय अमोल विभूते, त्यहीँका १८ वर्षीय ऋषिकेश प्रकाश विभूते र अर्का १८ वर्षीय गणेश सतिश वाल्टेलाई पनि समातेको छ । उनीहरू तीनैजना उक्त अवैध सुन खरिदका लागि आएका खुलेको छ ।

पक्राउ परेका सबैजनालाई बरामद नगद अवैध सुनसहित राजस्व छलीसमेतको कसुरमा कानुनी कारबाहीका लागि शुक्रबार नै राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकमा पठाइएको राठौरले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ३ : ५२ बजे

‘कानुन बनाउन नपाएपछि महावीर पुनले रिसाएर छाडेका थिए सरकार’

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तत्कालीन शिक्षा मन्त्री महावीर पुन रिसले

राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन

युवा संघले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमान्ड

काठमाडौं– नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले अध्यक्ष महाराजा गुरुङको

जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको