सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्छु : गृहमन्त्री  « Khabarhub

सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्छु : गृहमन्त्री 


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार सिंहदरबारमा सहकारी पीडितसँगको छलफलका क्रममा गृहमन्त्री लामिछानेले सहकारी समस्या समाधान गर्न आवश्यक कानून निर्माण गरी तत्काल काम सुरु गर्ने निर्णय भइसकेको भन्दै बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्ने स्पष्ट पारेका हुन् ।

बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी सञ्चालकको सम्पत्ति छानबिन गर्ने र आफन्तको नाममा राखिएको सम्पत्तिबाट भए पनि रकम फिर्ता गर्ने अवस्था सिर्जना गर्ने उनले बताए ।

उनले सहकारी प्रकरणमा निकै मेहनत गरिरहेको भन्दै फरार सहकारी सञ्चालकलाई समेत छिटै कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाए ।

अनेकौँ आरोप खेपेर भएपछि सहकारी प्रकरणको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको भन्दै उनले प्रतिवेदनका आधारमा समाधान खोज्ने क्रम सुरु भएको धारणा राखे ।

सहकारी समस्या समाधान गर्न सरकारले फास्ट ट्रयाकमा काम गर्ने निर्णय गरेको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिन सहकारी पीडितहरू सिंहदरबार पुगेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : १३ बजे

महाकाव्यकार दाहालको ‘बित्छ बिहान आमाको’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत ‘बित्छ

एनपीएलले नेपाली खेलाडीको स्तरवृद्धिमा योगदान पुग्छ: प्रतिस जिसी

काठमाडौं – विराटनगर किंग्सका बलर प्रतिस जिसीले नेपाल प्रिमियर लिग

एसियन कप छनोटः नेपाल सिरियासँग पराजित

काठमाडौं – एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगिताको आफ्नो उद्घाटन

सरकार र दुर्गा प्रसाईंका प्रतिनिधिबीच वार्ता, आन्दोलन स्थगित गर्ने सहमति

काठमाडौं – सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

किसानलाई धानको मूल्य पाउन समस्या

सुदूरपश्चिम – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान