एकीकृत समाजवादीले तल्लो तहको सुझाव दस्तावेजमा समावेश गर्ने « Khabarhub

एकीकृत समाजवादीले तल्लो तहको सुझाव दस्तावेजमा समावेश गर्ने


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई साझा बनाउन तल्लो तहको सुझाव समावेश गर्ने भएको छ । पार्टीले मातहतका सात प्रदेश सम्पर्क कमिटी र ७४ जिल्ला सम्पर्क मञ्चसँग राय तथा सुझाव मागेको छ ।

आगामी जेठ मसान्तभित्र मातहतका सबै सम्पर्क कमिटीमा दस्तावेजबारे विस्तृत छलफल गरी केन्द्रमा राय, सुझाव बुझाउन समयसीमा निर्धारण गरिएको सो पार्टीले जनाएको छ । तल्लो तहदेखि आएको सुझाव समावेश गरी साझा प्रतिवेदन निर्माण गर्न दस्तावेजलाई परिस्कृत र परिमार्जित गरिने छ ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने १०औँ राष्ट्रिय महाधिवेशनका लागि असार १ गतेदेखि  प्रतिनिधि चयन गर्न लागेको पार्टी सचिव मेटमणि चौधरीले जानकारी दिए । पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीले सम्बन्धित प्रतिनिधिको नामवली आगामी जेठ दोस्रो सातासम्म सिफारिस गरी केन्द्रमा पठाउने छन् ।

पार्टी मातहत कमिटीले पठाएको नामावलीका आधारमा प्रतिनिधि छनोट गरिने छ । पार्टी सदस्यता प्रमाणीकरणपछि उनीहरू मतदाता तथा उम्मेदवार बन्न पाउने छन् । सबै कमिटीले सम्बन्धित नेताको सङ्गठनमा गरेको योगदान तथा कार्यसम्पादनको मूल्याङ्कनका आधारमा प्रतिनिधिको सिफारिस गर्न र आफ्नो कार्य क्षेत्रका सदस्यलाई बैठक गरी त्यसको जानकारी गराउनुपर्ने छ ।

पार्टी सदस्यता विस्तार तथा सङ्गठन सुदृढीकरण गर्न गत वर्ष माघ २५ गतेदेखि चैत २५ गतेसम्म महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरिएको थियो । सो अवधिमा पार्टी सदस्य व्यवस्थित तथा विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहित सम्पर्क मञ्चका सदस्य विस्तार, वितरण गर्न सदस्यता शुल्कलगायत व्यवस्थित गरिएको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ५ : ११ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया