सरकारी वित्त स्थिति : बढेन खर्च, राजस्व र ऋण परिचालन पोहोरभन्दा बढी « Khabarhub

सरकारी वित्त स्थिति : बढेन खर्च, राजस्व र ऋण परिचालन पोहोरभन्दा बढी


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालू आर्थिक वर्षको ९ महिनामा नेपालको सरकारी वित्त स्थिति गत आर्थिक वर्षको सोही अवधिभन्दा केही सुधारोन्मुख देखिएको छ ।

तर कूल सरकारी खर्च भने गत अवधिभन्दा पनि खुम्चिएको छ । कूल राजस्व संकलन र कूल ऋण परिचालन गत वर्षको तुलनामा यो वर्ष केही सन्तोषजनक भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार २०८० चैत मसान्त सम्ममा चालु खर्च ६ खर्ब ४४ अर्ब २ करोड, पुँजीगत खर्च ९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च १ खर्ब ६७ अर्ब ९९ करोड रुपैयाँ भएको छ ।

आर्थिक वर्षको ९ महिनामा कुल सरकारी खर्च ९ खर्ब ९ अर्ब ३९ करोड रुपैयाँ (विनियोजित बजेटको ५१.९३ प्रतिशत) पुगेको हो ।

गत आर्थिक वर्षको चैतसम्म सरकारले ७ खर्च ६ अर्ब ७७ करोड रुपैयाँ चालू खर्च, १ खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुँजीगत खर्च र वित्तीय व्यवस्था अन्तर्गतको १ खर्ब २९ अर्ब ४ करोड गरी कुल ९ खर्ब ४३ अर्ब ५ करोड (विनियोजित बजेटको ५२.५७ प्रतिशत) रुपैयाँ खर्च गरेको थियो ।

२०८० चैत मसान्तसम्ममा सरकारले कर राजस्वबाट ६ खर्ब ७१ अर्ब १२ करोड र गैरकर राजस्वबाट ७६ अर्ब ९३ करोड गरी ७४८ अर्ब ४ करोड रुपैयाँ कूल राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधि तुलनामा यो वर्ष उठेको राजस्व ९.४ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा सरकारले कर राजस्व ६ खर्ब १६ अर्ब १२ करोड र गैरकर राजस्व ६७ अर्ब ६९ करोड गरी ६ खर्ब ८३ अर्ब ८१ करोड रुपैयाँ सङ्कलन गरेको थियो ।

चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा चैत मसान्तसम्ममा १ खर्ब ७६ अर्ब रुपैयाँ परिचालन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारले १ खर्ब १२ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको थियो । ऋण परिचालनका हिसाबमा पनि सरकार गत अवधिको तुलनामा केही सफल देखिएको हो ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : १५ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार