सरकारी वित्त स्थिति : बढेन खर्च, राजस्व र ऋण परिचालन पोहोरभन्दा बढी | Khabarhub Khabarhub

सरकारी वित्त स्थिति : बढेन खर्च, राजस्व र ऋण परिचालन पोहोरभन्दा बढी


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालू आर्थिक वर्षको ९ महिनामा नेपालको सरकारी वित्त स्थिति गत आर्थिक वर्षको सोही अवधिभन्दा केही सुधारोन्मुख देखिएको छ ।

तर कूल सरकारी खर्च भने गत अवधिभन्दा पनि खुम्चिएको छ । कूल राजस्व संकलन र कूल ऋण परिचालन गत वर्षको तुलनामा यो वर्ष केही सन्तोषजनक भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार २०८० चैत मसान्त सम्ममा चालु खर्च ६ खर्ब ४४ अर्ब २ करोड, पुँजीगत खर्च ९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च १ खर्ब ६७ अर्ब ९९ करोड रुपैयाँ भएको छ ।

आर्थिक वर्षको ९ महिनामा कुल सरकारी खर्च ९ खर्ब ९ अर्ब ३९ करोड रुपैयाँ (विनियोजित बजेटको ५१.९३ प्रतिशत) पुगेको हो ।

गत आर्थिक वर्षको चैतसम्म सरकारले ७ खर्च ६ अर्ब ७७ करोड रुपैयाँ चालू खर्च, १ खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुँजीगत खर्च र वित्तीय व्यवस्था अन्तर्गतको १ खर्ब २९ अर्ब ४ करोड गरी कुल ९ खर्ब ४३ अर्ब ५ करोड (विनियोजित बजेटको ५२.५७ प्रतिशत) रुपैयाँ खर्च गरेको थियो ।

२०८० चैत मसान्तसम्ममा सरकारले कर राजस्वबाट ६ खर्ब ७१ अर्ब १२ करोड र गैरकर राजस्वबाट ७६ अर्ब ९३ करोड गरी ७४८ अर्ब ४ करोड रुपैयाँ कूल राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधि तुलनामा यो वर्ष उठेको राजस्व ९.४ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा सरकारले कर राजस्व ६ खर्ब १६ अर्ब १२ करोड र गैरकर राजस्व ६७ अर्ब ६९ करोड गरी ६ खर्ब ८३ अर्ब ८१ करोड रुपैयाँ सङ्कलन गरेको थियो ।

चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा चैत मसान्तसम्ममा १ खर्ब ७६ अर्ब रुपैयाँ परिचालन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारले १ खर्ब १२ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको थियो । ऋण परिचालनका हिसाबमा पनि सरकार गत अवधिको तुलनामा केही सफल देखिएको हो ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : १५ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन