सरकारी वित्त स्थिति : बढेन खर्च, राजस्व र ऋण परिचालन पोहोरभन्दा बढी « Khabarhub

सरकारी वित्त स्थिति : बढेन खर्च, राजस्व र ऋण परिचालन पोहोरभन्दा बढी


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालू आर्थिक वर्षको ९ महिनामा नेपालको सरकारी वित्त स्थिति गत आर्थिक वर्षको सोही अवधिभन्दा केही सुधारोन्मुख देखिएको छ ।

तर कूल सरकारी खर्च भने गत अवधिभन्दा पनि खुम्चिएको छ । कूल राजस्व संकलन र कूल ऋण परिचालन गत वर्षको तुलनामा यो वर्ष केही सन्तोषजनक भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार २०८० चैत मसान्त सम्ममा चालु खर्च ६ खर्ब ४४ अर्ब २ करोड, पुँजीगत खर्च ९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च १ खर्ब ६७ अर्ब ९९ करोड रुपैयाँ भएको छ ।

आर्थिक वर्षको ९ महिनामा कुल सरकारी खर्च ९ खर्ब ९ अर्ब ३९ करोड रुपैयाँ (विनियोजित बजेटको ५१.९३ प्रतिशत) पुगेको हो ।

गत आर्थिक वर्षको चैतसम्म सरकारले ७ खर्च ६ अर्ब ७७ करोड रुपैयाँ चालू खर्च, १ खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुँजीगत खर्च र वित्तीय व्यवस्था अन्तर्गतको १ खर्ब २९ अर्ब ४ करोड गरी कुल ९ खर्ब ४३ अर्ब ५ करोड (विनियोजित बजेटको ५२.५७ प्रतिशत) रुपैयाँ खर्च गरेको थियो ।

२०८० चैत मसान्तसम्ममा सरकारले कर राजस्वबाट ६ खर्ब ७१ अर्ब १२ करोड र गैरकर राजस्वबाट ७६ अर्ब ९३ करोड गरी ७४८ अर्ब ४ करोड रुपैयाँ कूल राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधि तुलनामा यो वर्ष उठेको राजस्व ९.४ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा सरकारले कर राजस्व ६ खर्ब १६ अर्ब १२ करोड र गैरकर राजस्व ६७ अर्ब ६९ करोड गरी ६ खर्ब ८३ अर्ब ८१ करोड रुपैयाँ सङ्कलन गरेको थियो ।

चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा चैत मसान्तसम्ममा १ खर्ब ७६ अर्ब रुपैयाँ परिचालन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारले १ खर्ब १२ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको थियो । ऋण परिचालनका हिसाबमा पनि सरकार गत अवधिको तुलनामा केही सफल देखिएको हो ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : १५ बजे

कोशी सरकार र कर्मचारी सञ्चय कोषबीच पेन्सन व्यवस्थापनका लागि सम्झौता

काठमाडौं– कोशी प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच कर्मचारीहरूको पेन्सन

‘पुष्पा ३: द रैम्पेज’ मा अल्लू अर्जुन र सलमान खान एकसाथ

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनको ‘पुष्पा’ फ्रेन्चाइजीले दर्शकहरूको मन

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त

काठमाडौं– स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको प्रसिद्ध

लेनिन बिष्टको प्रश्न- सहकारी पीडितले न्याय किन पाएनन् ?

काठमाडौं– काठमाडौं- काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट आसन्न प्रतिनिधिसभा