अमेरिकालाई चीनको चेतावनी : सीमाभित्र बसे मात्रै सम्बन्ध अघि बढ्छ | Khabarhub Khabarhub

अमेरिकालाई चीनको चेतावनी : सीमाभित्र बसे मात्रै सम्बन्ध अघि बढ्छ


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनसँग सीमाभित्र रहे मात्रै सम्बन्धले उचाइ लिने बताएका छन् ।

बेइजिङमा ब्लिङ्कनसँगको संवादका क्रममा उनले चीनको मामिलामा अमेरिकाले सीमा ननाघ्नु नै उचित हुने भन्दै चेतावनीको भाषा प्रयोग गरेका हुन् ।

अमेरिकी विदेश मन्त्री ब्लिङ्कन २४ अप्रिलदेखि ३ दिने चीनको भ्रमणमा छन् । उनले शुक्रबार वाङ यीलाई बेइजिङमा भेटेर लामो वार्ता गरेका थिए ।

वाङ्ग यीले बैठकको सुरुवात गर्दै यस्ता प्रश्न गरेका थिए जसलाई जिज्ञासा भन्दा धेरै चेतावनीका रुपमा बुझ्न सकिन्थ्यो ।

‘के चीन र अमेरिकाको सम्बन्ध सही दिशामा अघि बढिरहेको छ ? या फेरि खस्किँदै तलतिर झरिरहेको छ ?’, उनले समकक्षी ब्लिङ्कनलाई सोधे ।

वाङ यीले चीन र अमेरिकाको सम्बन्धमा स्थिरता आएको बताउँदै तर अझै पनि त्यसमा कयौँ नकारात्मक कुराहरू रहेको उल्लेख गरे ।

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कन एक सालबीचमा दोस्रो पटक चीनको भ्रमणमा निस्किएका हुन् ।

ब्लिङ्कनले शुक्रबार नै बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुई देशबीचका विवादास्पद मुद्दाहरूमा कुरा गरेका छन् । त्यहाँ पनि ब्लिङ्कनलाई अमेरिकाले विवाद घटाउनुको साटो बढाउने कोसिस गरेको भनाइ चिनियाँ पक्षले राखेको थियो ।

तियानमेन स्क्वायरनजिकै ग्रेट हल अफ द पिपुलमा स्थानीय समय अनुसार शुक्रबार दिउँसो यी दुई नेताको वार्ता भएको हो ।

सीले यो वर्ष अमेरिका-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ४५औं वार्षिकोत्सव भएको उल्लेख गर्दै दुई देशले  ‘शत्रुताको सट्टा साझेदार हुनुपर्छ’ भने ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै ब्लिङ्कनले अमेरिकाले चीनको विकासलाई रोक्ने वा विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव ल्याउने उद्देश्य नबोकेको बताए ।

‘हामी चीनको अर्थतन्त्र बृद्धि होस् भन्ने चाहन्छौं,’ उनले भने, ‘तर चीनले कसरी बढ्छ भन्ने कुरा महत्वपूर्ण छ ।’

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : १६ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन