कोरोनाबाट ज्यान गुमाएका तीन जनाको १ हजार दिनपछि अन्त्येष्टि | Khabarhub Khabarhub

कोरोनाबाट ज्यान गुमाएका तीन जनाको १ हजार दिनपछि अन्त्येष्टि


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसका कारण ज्यान गुमाएका तीनजनाको १०० हजार दिनपछि अन्तिम संस्कार गरिएको छ ।

यी तीन शव राजधानीको बाबा साहेब भीमराव अम्बेडकर अस्पतालका बेवारिसे थिए । ती शव सडेर कंकाल भइसकेको अवस्थामा बिहीबार दाहसंस्कार गरिएको हो ।

प्रशासनिक अधिकारीका अनुसार अघिल्लो महिना रायपुरको एक पत्रिकाले सबैभन्दा पहिले राज्यको सबैभन्दा ठूलो अस्पतालमा पीपीई किटभित्र तीनवटा बेवारिसे शव हजार दिनभन्दा लामो समयदेखि सडेको अवस्थामा रहेको समाचार छापेको थियो ।

यी शव महिला या पुरुष कसका हुन् भन्ने पनि पहिचान हुन सकेको थिएन । यस खबरपछि अस्पताल प्रशासनले त्यसमा ध्यान दिएको थियो ।

समाचार अनुसार कोरोनाबाट ज्यान गुमाएका शवको अन्त्येष्टिका लागि जिल्ला अधिकारीको अनुमति चाहिन्थ्यो । यसका लागि अस्पतालले जिल्ला अधिकारीलाई पत्र पनि लेख्यो तर कहिल्यै अनुमति मिलेन ।

त्यसपछि यी शव पीपीई किटमै राखिएका यी शव सडेर कंकाल बनिसकेका थिए ।

समाचार अनुसार पीपीई किटलाई खोलेर हेर्दा मृत्यु भएका व्यक्तिको सम्बन्धित जानकारी पनि राखिएको थियो ।

यी पत्रअनुसार मृतकमध्ये एकजना महिला थिइन् । त्यसपछि उनीहरूका परिवारलाई खबर गरिएको थियो ।

बिहीबार परिवारजनले सहमति दिएपछि कोरोनासम्बन्धी प्रोटोकाल पालना गर्दै स्थानीय घाटमा तीनै शवलाई जलाइएको हो ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : २९ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन