आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको भूमिका महत्त्वपूर्ण : मन्त्री भण्डारी « Khabarhub

आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको भूमिका महत्त्वपूर्ण : मन्त्री भण्डारी


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उनले पुँजी र प्रविधिको उपयोग गरी सञ्चालन गर्न सकिने हस्तकला ठूलो सम्भावना बोकेको क्षेत्र पनि भएकाले यसले आयात प्रतिस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

हस्तकला क्षेत्र उद्योग व्यापार मात्र नभई यो देशको संस्कृति र सम्पदाको प्रतिबिम्ब पनि भएको उल्लेख गर्दै उनले यस क्षेत्रले रोजगारी सिर्जनामा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

मन्त्री भण्डारीले, ‘हस्तकला क्षेत्रको दीर्घकालीन विकासका लागि नेपाल हस्तकला महासङ्घले तयार गरी मन्त्रालयमा बुझाएको हस्तकला विकास नीतिको पनि सुक्ष्म अध्ययन गरी हामी त्यसलाई कार्यान्वयनमा ल्याउने तयारीमा छौँ ।’

उनले हस्तकलाको वस्तु तथा डिजाइन विकास, गुणस्तर प्रमाणीकरण, बजार विकास र व्यवसाय विकास जस्ता सेवा एकीकृत रूपमा व्यवसायीहरूलाई उपलब्ध गराउन सार्क हस्तकला विकास केन्द्र नेपाल सार्वजनिक निजी साझेदारी मोडलमा स्थापना गर्न मन्त्रालय क्रियाशील रहेको जानकारी गराए ।

त्रिपुरेश्वरमा सार्क हस्तकला विकास केन्द्रको भवन तयार भइसकेको जानकारी गराउँदै उनले अब जति सक्दो चाँडो सोही भवनबाट हस्तकला विकास केन्द्र सञ्चालन गर्ने गरी कार्यविधि सरकारले स्वीकृत गर्ने तयारी गरिरहेको बताए ।

मन्त्री भण्डारीले उद्योग व्यवसायको समुचित प्रवर्द्धनका लागि उद्योग मन्त्रालयबाट तर्जुमा गरिएको नेपाल व्यापार एकीकृत रणनीतिले समेटेका हस्तकला वस्तुको प्रवर्द्धनमा मन्त्रालयले कुनै कसर बाँकी नराखी प्रवर्द्धनात्मक कार्य अघि बढाउने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : २७ बजे

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

काठमाडौं– आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न रास्वपाको अपिल, दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्ज लगायतका

सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई