वेस्ट इन्डिज ‘ए’सँग पाँच खेलको टी-२० शृंखला शनिबारदेखि, ४ खेलाडी थपिए « Khabarhub

वेस्ट इन्डिज ‘ए’सँग पाँच खेलको टी-२० शृंखला शनिबारदेखि, ४ खेलाडी थपिए


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२० शृंखला शनिबारबाट सुरु हुँदै छ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो । टी–२० शृंखला खेल्नका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीको घोषणा गरिसकेको छ ।

खेल अघि नेपाली टीमका कप्तान रोहितकुमार पौडेलले विश्वकपअघि वेस्ट इन्डिज ‘ए’ सँगको खेलका लागि निकै उत्साहित रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित प्रिम्याच कन्फ्रेन्समा उनले यसअघिको खेलमा उतारचढाव देखिए पनि अबको खेलका लागि सबै खेलाडीहरू सबै तवरले तयार रहेको जनाए ।

त्यस्तै यो सिरिजका लागि नेपाली टोलीमा चार खेलाडी थपिएका छन् । क्यानका सचिव पारस खड्काले विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बमलाई टोलीममा समावेश गरिएको बताए ।

त्यस्तै मुख्य प्रशिक्षक मोन्टी देशाइले वेस्ट इन्डिज ‘ए’ को खेल विश्वकपको तयारीका लागि निकै राम्रो अवसर हुने बताए । क्रिकेटको राम्रो इतिहास भएको वेस्ट इन्डिजसंगको खेलमा धेरै कुरा सिक्ने मौका पाउने उनको भनाइ छ ।

त्यस्तै वेस्ट इन्डिज ‘ए’ कप्तान र प्रशिक्षकले पनि टी–२० शृंखला खेल्न आतुर रहेको भन्दै नजिता आफ्नो पक्षमा आउने गरि तयारी भएको बताएका थिए ।

टी–२० शृंखलाको पहिलो खेल शनिबार हुनेछ भने दोस्रो खेल आइतबार हुने छ । तेस्रो खेल वैशाख १६ गते, चौथो २० गते र अन्तिम खेल २२ गते हुने क्यानले जनाएको छ । उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : ३१ बजे

अर्थमन्त्री भन्छन् : नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो तोड्छौँ

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगत १०–१५ वर्षदेखि देश निहित

अनुहारको अनौठो सजावटले विश्वकपमा भाइरल टर्किस समर्थक उडी नेको

काठमाडौं- फिफा विश्वकपमा खेलाडी मात्रै होइन, रंगीन समर्थकहरू पनि चर्चाको

विभिन्न स्थानबाट लागूऔषधसहित ३१ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान