राप्रपाले छिटै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने « Khabarhub

राप्रपाले छिटै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले छिटै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा बसेको राप्रपा निकट युवा संगठनको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले छिटै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन् ।

उनले आन्दोलनको नयाँ प्रारूप बनाउने जिम्मा आन्दोलन परिचालन समितिलाई दिएको जानकारी दिए । वैशाख १८ र १९ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर आन्दोलनको कार्यक्रमलाई पारित गर्ने र सार्वजनिक गर्ने लिङ्देनले बताए ।

उनले यसअघि पार्टीले गरेको आन्दोलनमा राज्यले बर्बर दमन गरेको भन्दै सरकारप्रति निरन्तर विरोध जनाइराख्ने धारणा राखे।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : ३७ बजे

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

काठमाडौं– आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न रास्वपाको अपिल, दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्ज लगायतका

सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई