बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम | Khabarhub Khabarhub

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको पुल जीर्ण भएपछि दुर्घटनाको जोखिम बढेको छ ।

एघार स्पानसहित तीन यस ६३ दशमलव पाँच मिटर लामो सो पुलेको सर्लाहीतर्फको स्पान नम्बर पाँचको ‘सपोर्ट स्प्रिङ’ जीर्ण भएर पाँच ईन्च तल सरेकाले दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ छ ।

बागमती नगरपालिका–११ निवासी मिलन श्रेष्ठले मुख्य राजमार्गमा रहेको पुलको स्पान भाँसिन थाले पनि मर्मतका लागि सरोकारवाला निकायको ध्यान जाननसकेको बताए ।

‘‘दैनिक दर्जनौ सवारी साधन यही पुल ओहोरदोहोर गर्छन् । पुल हल्लिएर सानो सवारी चलाउने हामीजस्ता चालकलाई त झनै जोखिम छ । यस विषयमा सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरलाई जानकारी गराइए पनि मर्मतका लागि कुनै पहल भएको छैन”, श्रेष्ठले गुनासो गरे ।

यही सडक भएर दिनहुँ सवारी चलाउने चालक केशव थापाले पनि पुलको एउटा स्पान नै तल सरेकाले दुर्घटनाको जोखिम बढेको बताए ।

सडक डिभिजन कार्यालय सर्लाही–रौतहटका प्रमुख दिपेन्द्र पाण्डेयले भने पुल जीर्ण भएको विषयमा सडक डिभिजन कार्यालयबाट अनुगमन गरी अवस्थाबारे जानकारी लिइएको बताए।

पूर्वमा कमला नदीदेखि बागमती नदीसम्मको चार लेन सडकमा पर्ने पुल निर्माणका लागि नयाँ योजना बनिरहेकाले अहिले मर्मतलगायतका काम नगरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ८ : १२ बजे

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही