बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम « Khabarhub

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको पुल जीर्ण भएपछि दुर्घटनाको जोखिम बढेको छ ।

एघार स्पानसहित तीन यस ६३ दशमलव पाँच मिटर लामो सो पुलेको सर्लाहीतर्फको स्पान नम्बर पाँचको ‘सपोर्ट स्प्रिङ’ जीर्ण भएर पाँच ईन्च तल सरेकाले दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ छ ।

बागमती नगरपालिका–११ निवासी मिलन श्रेष्ठले मुख्य राजमार्गमा रहेको पुलको स्पान भाँसिन थाले पनि मर्मतका लागि सरोकारवाला निकायको ध्यान जाननसकेको बताए ।

‘‘दैनिक दर्जनौ सवारी साधन यही पुल ओहोरदोहोर गर्छन् । पुल हल्लिएर सानो सवारी चलाउने हामीजस्ता चालकलाई त झनै जोखिम छ । यस विषयमा सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरलाई जानकारी गराइए पनि मर्मतका लागि कुनै पहल भएको छैन”, श्रेष्ठले गुनासो गरे ।

यही सडक भएर दिनहुँ सवारी चलाउने चालक केशव थापाले पनि पुलको एउटा स्पान नै तल सरेकाले दुर्घटनाको जोखिम बढेको बताए ।

सडक डिभिजन कार्यालय सर्लाही–रौतहटका प्रमुख दिपेन्द्र पाण्डेयले भने पुल जीर्ण भएको विषयमा सडक डिभिजन कार्यालयबाट अनुगमन गरी अवस्थाबारे जानकारी लिइएको बताए।

पूर्वमा कमला नदीदेखि बागमती नदीसम्मको चार लेन सडकमा पर्ने पुल निर्माणका लागि नयाँ योजना बनिरहेकाले अहिले मर्मतलगायतका काम नगरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ८ : १२ बजे

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु

बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट’: हिमाली स्वाददेखि तराईको संस्कृतिसम्म

बन्दीपुर – पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा बिहीबारदेखि ‘गाउँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को

कञ्चनपुरका मजदुरलाई छैन न्यूनतम ज्याला, महिलामाथि विभेद

कञ्चनपुर – भीमदत्त नगरपालिका–८ की राजमती दमाईले गत सिजनमा अढाइ