दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते « Khabarhub

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गोरखा सदरमुकामबाट बाह्रकिलोतर्फ जाँदै गरेको ग१३प ९३२५ नंको मोटरसाइकल गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा नगरपालिका–११ स्थित चौधकिलो भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा परी मोटरसाइकल चालक सिरानचोक गाउँपालिका–७ नयाँसाँघु बस्दै आएका ४५ वर्षीय अशोक गहतराजको मृत्यु भएको उनलेब ताए । मोटरसाइकल अनियन्त्रित भएर सडकबाट झन्डै २० मिटर तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने ३५ वर्षीया सीता गहतराजको घाइते भएका छन् । उनको गोरखा अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ९ : ३२ बजे

बालुवाटारमा लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे (तस्बिरहरू)

काठमाडौं– आन्दोलनरत लघुवित्तपीडित बालुवाटारनजिक पुगेर प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरबाट

धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय बैठक

जनकपुरधाम- धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आच आउन

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा