भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा | Khabarhub Khabarhub

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो सेमिफाइनलमा सहलेश युवा क्लब सिरहालाई २–१ गोलअन्तरले हराउँदै चर्च ब्वाइज युनाइटेड काठमाडौँले फाइनलको यात्रा तय गरेको हो ।

खेलको ३१औँ मिनेटमा सहलेश युवा क्लबका तर्फबाट आशीष चापागाईंले गोल गर्दै टोलीलाई अग्रता दिलाए तर ब्वाइज युनाइटेडका लागि नवीन लामाले ४३औँ मिनेटमा ‘पेनाल्टी’मार्फत गोल गरेपछि पहिलो हाफमा खेल बराबरीमा पुगेको थियो ।

खेलको अतिरिक्त समय ब्वाइज युनाइटेडका लागि अर्मानले गोल गरेपछि टोली फाइनलमा प्रवेश गरेको हो । ‘प्लेयर अफ दी म्याच’ चर्च ब्वाइजका अवोयोमी भए । उनले रु पाँच हजार र पदक प्राप्त गरे ।

कूल आठ टोलीको सहभागी प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइलनमा भगवती स्पोर्टस क्लब खोटाङलाई ‘पेनाल्टी सुट आउट’मा हराउँदै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको थियो ।

उपाधिका लागि शनिबार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँ बीचमा प्रतिस्पर्धा हुने छ । प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः रु पाँच लाख र रु तीन लाख पाउनेछन् ।

यही वैैशाख ९ गतेदेखि सुरु प्रतियोगितामा ‘ए’ डिभिजनका दुई टोली त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज युनाइटेड, भारतको जर्जियन फुटबल क्लब, खोटाङ भगवती स्पोर्ट्स क्लब, सलहेश युवा क्लब सिरहा, राजारानी फुटबल क्लब धनकुटा, डाँगिहाट युथ क्लब मोरङ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ गरी आठ टोलीको सहभागिता थियो ।

भोजपुर जिल्ला फुटवल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता भइरहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १० : ३२ बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी