इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल | Khabarhub Khabarhub

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको उपनिर्वाचनमा सहभागी हुन अपिल गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा हुन लागेको प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा सहभागी हुन आयोगले अपिल गरेको हो ।

यी दुवै स्थानको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारी रुपमा भइरहेको पनि आयोगले जनाएको छ ।

“निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने ४८ घण्टा अगाडिबाट शुरु भएको प्रचारप्रसार निधेषको अवधिमा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन २०८७३ र निर्वाचन आचारसंहिता २०७९ को पालनामा आयोगले विशेष सजगता अपनाएको छ”, आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदानमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाटसमेत सुक्ष्म अनुगमनको कार्य भइरहेको छ ।”

मतदानका दिन निर्वाचनको स्वच्छता, निश्पक्षता र पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताको सहज आवागमनका लागि सार्वजनिक सवारी सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भईसकेको पनि आयोगले जनाएको छ ।

आयोगका अनुसार इलाम–२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

बझाङ १ (क) कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । बझाङको उपनिर्वाचनमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १० : ४१ बजे

२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन

काठमाडौं– इन्जिनियनिङ पढिरहेकी २२ वर्षीया किशोरी स्नेहा लामिछाने एक सातादेखि

एकीकृत समाजवादीको स्पष्टीकरण : सरकारको विकल्प खोज्न दायाँबायाँ गरिएको छैन

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अहिले नै

राष्ट्रिय सुरक्षा नीतिलाई सबैले गम्भीरतापूर्वक लिनुपर्‍यो : रक्षामन्त्री

काठमाडौं– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा नीतिलाई राजनीतिक नेतृत्वलगायत सबैले

संविधानमा उल्लेखित प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम हुन थाल्यो : अध्यक्ष पोखरेल

काठमाडौं– नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले नेपालको संविधानमा उल्लेख

सिनियर अहेब कोइरालालाई भ्रष्टाचार मुद्दामा सफाइ, पुगेन अख्तियारको दाबी

काठमाडौं- गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगसहित भ्रष्टाचार मुद्दा चलाइएका