मिश्रकी बौद्धिक रानी क्लियोपेत्रा, भाइलाई पति नमान्दा सत्ताच्यूत ! | Khabarhub Khabarhub

मिश्रकी बौद्धिक रानी क्लियोपेत्रा, भाइलाई पति नमान्दा सत्ताच्यूत !

जसको तस्बिर विश्वमै दुर्लभ



एकथरि भन्छन्- परम सुन्दरी नारी कि मूर्ख, कि त घमण्डी हुन्छन्। मिश्रकी रानी क्लियोपेत्रा त्यस्ती पात्र हुन जसले यो मानकलाई खण्डित गरिदिइन। तर दुखद पक्ष के हो भने यस्ती सुन्दरीको दृश्य संसारमा उपलब्ध छैन। उनको मूर्ति अंकित केही पैसा मृत्युको १८०० वर्षपछि रोमको ऐतिहासिक स्थान उत्खननको क्रममा एक भग्नमूर्ति प्राप्त भएको छ।

यी दुई अवशेषहरु पनि विश्वका सौन्दर्य र इतिहास प्रेमीका लागि लाख उपहार भएको छ। इतिहासका केही पात्र यस्ता हुन्छन, जसले हाम्रो मनमस्तिष्कमा अमिट छाप छोडेर जान्छन्। हाम्रो अर्न्तचेतनाले त्यस्ता पात्रलाई लिएर यस्तो रुमानी संसार सिर्जित गरिदिन्छ कि मन हजारौं वर्षअघिका अनुभूतिमा तैरिन्छ।

हुन त कवि तथा साहित्यकारले उनलाई कामुक नारीको रुपमा परिकल्पना गरेका छन्। तर उनको अपार वौद्धिक, साहस र चातुर्यको भने कमै चर्चा भएको पाइन्छ। क्लियोपेत्रा मिश्रकी तालमी वंशकी अन्तिम रानी थिइन। उनको नसामा मिश्रको नभई ग्रीकको रगत बग्थ्यो। ईस्वी सम्बत थालनी हुनुपूर्व क्लियोपेत्राले बाबु तालमी एघारौंको मृत्युपछि आफ्नो १० वर्षीय भाइको साझेदारीमा मिश्रको सत्ता प्राप्त गरिन।

हुन त कवि तथा साहित्यकारले उनलाई कामुक नारीको रुपमा परिकल्पना गरेका छन्। तर उनको अपार वौद्धिक, साहस र चातुर्यको भने कमै चर्चा भएको पाइन्छ।

मिश्री राजवंशीको नियमअनुसार भाइ नै उनको पति थियो। तर उनी यस्तो अनुचित सम्बन्धको विरुद्ध थिइन। त्यसैले अवयस्क तालमी १२ औं का समर्थकले दरबारमा उनी विरुद्ध षड्यन्त्र गर्न लागे।

तालमी वंश क्लियोपेत्राभन्दा तीन सय वर्ष अगाडि सिकन्दर महानको मृत्युपछि मिश्रकै मकदुनिया भन्ने क्षेत्रको तालमी नामको सेनापतिले अधिकार जमाएका थिए।

क्लियोपेत्रामा उच्च शिक्षा र दैवीय गुणको अद्भूत सामञ्जस्य थियो। उनी ग्रीसको इतिहास, साहित्य, दर्शनसँग चिरपरिचित थिइन। ६ भाषामा दक्ष महारानीको वाकशक्ति स्रोतालाई अभिभूत गर्ने खालको थियो। यद्यपि राज्यारोहणको दुई वर्षपछि भारदारबाट षडयन्त्रपूर्व तरिकाबाट पदच्यूत गरियो। त्यतिबेला उनलाई आफ्नै भाइ तालमी १२ औं र कान भर्ने दरबारियाबाट जिउज्यानकै खतरा भएकाले सिरियामा शरण लिन पुगिन।

त्यतिबेला रोम ठूलो राजशक्तिको रुपमा स्थापित थियो। रोमन सेनापति थिए- ‘जुलियस सिजर।’ उनले अहिलेको फ्रान्स र बेलायतलाई जितेर रोमको अधिन पारेका थिए। सिजरको प्रमुख प्रतिस्पर्धी रोमकै अर्को सेनापति थियो- पाम्पी। दुवै एक अर्काका कट्टर शत्रु थिए। यी दुईको भीषण युद्ध भयो। पराजित पाम्पी शरण लिन मिश्र पुगे। सिजर सेनासहित उहीँ पुगेर ललकार्न थाले।

उनी ग्रीसको इतिहास, साहित्य, दर्शनसँग चिरपरिचित थिइन। ६ भाषामा दक्ष महारानीको वाकशक्ति स्रोतालाई अभिभूत गर्ने खालको थियो। यद्यपि राज्यारोहणको दुई वर्षपछि भारदारबाट षडयन्त्रपूर्व तरिकाबाट पदच्यूत गरियो।

मिश्रको कायर राजा तालमी १२ औंले पराक्रमी सिजरलाई खुसी पारेर आफ्नो राज्य अक्षुण्ण राख्ने ध्येयले छल गरी पाम्पीलाई मारेर उसको टाउको किस्तीमा उपहार दिए। यस्तो धोखाधडीपूर्ण व्यवहारले मिश्रको राजाप्रति स्वाभिमानी सिजर रुष्ट भए।

यही समय अनुकूल ठानी क्लियोपेत्रा आफ्ना समर्थक सेनाहरुका साथ लागेर सिरियाबाट मिश्र फर्किन। सिजरले आफ्नो प्रबल सैनिक शक्तिको आडमा मिश्रको तात्कालीन राजधानी सिकन्दरियामाथि अधिकार जमाए। यससँगै सिजरको मन सौन्दर्य र ज्ञानकी विख्यात देवी क्लियोपेत्राप्रति मोडियो।

सिजर र क्लियोपेत्राको प्रथम भेटको बडा रोचक वर्णन पाइन्छ। क्लियोपेत्रा घाम ढल्किने समयमा सिजरलाई भेट्न गइन। स्वयंलाई उनले एउटा बहुमूल्य गलैंचामा बेर्न लगाइन। उनका अनुचरहरुले सिजरका अघिल्तिर गलैंचा मात्र के खोलेका थिए, सौन्दर्यको मादक छर्दै क्लियोपेत्रा नृत्यको तालमा उपस्थित भइन।

अद्भूत सौन्दर्यबाट बेचैन सिजर उनको प्रेममा परे। त्यसपछि सिजरले मिश्रमाथि विजय हात पारेर विजयश्रीको माला आफ्नी प्रेमिकालाई चढाउँदै गए। अन्ततः मिश्रको राजगद्दी सिजरले तिनै सुन्दरी क्लियोपेत्राको हातमा सुम्पिदिए। त्यसबखत मिश्र संसारकै वैभव राष्ट्र थियो। त्यसलाई उनले रोमको सम्प्रभुतामा उभ्याउने काम गरे।

सिजर र क्लियोपेत्राको घरजमसँगै उनको कोखबाट तोरा सिजरियनको जन्म भयो। छोराको जन्मपछि क्लियोपेत्राले सिजरसँग मिश्र र रोमलाई एउटै राज्य बनाउने प्रस्ताव गरिन। हुनसक्छ उनीहरु दुवैले दुवै राज्यको स्वतन्त्र उत्तराधिकारी आफ्नो सन्तानले पाओस् भन्ने चाहेका थिए। तर समयलाई उनीहरुको योजना मञ्जुर भएन। सिजरले एशिया माइनर र अफ्रिकी स्थानीय विद्रोहलाई दबाएर ती देशहरुलाई आफ्नो अधिनमा ल्याए। रोममा रहँदा क्लियोपेत्राले त्यहाँको जनजीवनमा आफ्नो विशेष प्रभाव छोडिन।

सिजर र क्लियोपेत्राको घरजमसँगै उनको कोखबाट तोरा सिजरियनको जन्म भयो। छोराको जन्मपछि क्लियोपेत्राले सिजरसँग मिश्र र रोमलाई एउटै राज्य बनाउने प्रस्ताव गरिन।

उनको अपार सौन्दर्यले हरकोही व्याकुल बने। क्लियोपेत्राको व्यक्तित्व सबैले दिलमा मात्र सजाएनन, अक्षत राजकुमारीले पृथ्वीमा पाइला टेकेको रुपमा अथ्र्याए। क्लियोपेत्राको एक झल्को पाउने भोक धेरैमा देखियो। बौद्धिक क्लियोपेत्राले रोमको करप्रणाली जनमैत्री बनाउन विशिष्ट अर्थशास्त्रीहरु विदेशबाट झिकाएर योजना बनाउन लगाइन। मन्दिरमा सिजरको मूर्ति स्थापित गरियो। धातुका मुद्राहरुमा ‘वीनस’ र ‘इरोस’का आकृति अंकित गरियो, जुन क्लियोपेत्रा र सिजरियनको अनुकृति थियो। यही क्रममा ज्योतिषलाई भित्तेपात्रो बनाउने काम दिइन।

मार्च ४४ ईशापूर्वमा अचानक उनका शत्रुहरुले षड्यन्त्रपूर्वक सिजरको हत्या गरे। सिजरको अप्रत्याशित हत्याले क्लियोपेत्राको मुटु हल्लियो। अब उनका लागि न टेक्ने हाँगो थियो, न समाउने अखेटो नै। पति गुमाएको एक महिनापछि उनी रोमबाट मिश्र फर्किन। तीन वर्षको अन्तरालमा मिश्रकी रानीका लागि गुप्तवासका दिन भए। तर महारानीको भाग्यमा अर्को अध्याय लेखियो। त्यो सौभाग्यशाली वीर नायक थियो- मार्क अन्तोनी।

अन्तोनी सिजरको विश्वस्त सेना पनि थियो। उसले सिजरको हत्यामा संलग्न सबै विरोधीलाई सखाप पारेर बद्ला लियो। अन्तोनी विस्तारै रोमको एक शक्तिका रुपमा स्थापित भइसकेपछि उनको मनमा क्लियोपेत्राप्रतिको दमित प्रेम जागृत भएर आयो। उसले ‘एशिया इनर’को टाइससमा क्लियोपेत्रालाई लिन पठायो। पहिले त महारानीले अन्तोनीको आग्रह वास्ता गरिनन। तर परिस्थितिले अर्को मोड लिइसकेको अवस्थामा आफ्नो जहाजी बेडा, स्वर्ण आभूषण, दास, घोडचढी लिएर त्यसतर्फ प्रस्थान गरिन। तर स्वाभिमानी क्लियोपेत्राले समर्पण भावले नभई शिष्टाचारको हिसाबले आफूलाई प्रस्तुत गरिन। जहाज किनारमा राखेर अन्तोनीलाई आफू आएको सूचना पठाइन।

काल्पनिक प्रेममा आजित भइसकेको अन्तोनी भिख माग्ने शैलीमा जहाजमै आएर क्लियोपेत्राको स्वागत सत्कार गर्यो। विनसका देवीका रुपमा क्लियोपेत्राको आगमनले त्यहाँको माहोल फेरियो। अझ उनबाट पाएको अमूल्य हीराको उपहारबाट अन्तोनी मख्ख पर्यो।

काल्पनिक प्रेममा आजित भइसकेको अन्तोनी भिख माग्ने शैलीमा जहाजमै आएर क्लियोपेत्राको स्वागत सत्कार गर्यो। विनसका देवीका रुपमा क्लियोपेत्राको आगमनले त्यहाँको माहोल फेरियो। अझ उनबाट पाएको अमूल्य हीराको उपहारबाट अन्तोनी मख्ख पर्यो। रहँदै बस्दै जाँदा क्लियोपेत्रा अन्तोनीसंग नजिकिइन। यस्तो प्रतिकूल परिस्थिति आफू अनुकूल बनाउन अन्तोनीको सहयात्रा सुरक्षित हुने सुन्दरीको निष्कर्ष रह्यो। क्लियोपेत्राले फेरि जुम्ल्याहा सन्तान जन्माएर मातृत्वको अर्को अध्याय बीजारोपण गरिन।

युद्ध र मदिराव्यसनी अन्तोनी र सुन्दरी क्लियोपेत्राबिच त्यसपछिका सम्बन्ध हार्दिक भएन। ऊ युद्धबाहेक अरु विषयमा दिलचस्पी नै राख्दैनथ्यो। उसको राजनीतिक भविष्य सुदृढ बनाउन महारानी क्लियोपेत्राले धेरै पापड बेलिन। मिश्रको सुरक्षा सुदृढ, धन, खाद्य सामग्री भण्डार मात्र होइन, जलसेना मजबुत बनाइन। यी सबै युद्धकौशलका लागि निर्मित चालबाजी थियो।

अर्कातिर अन्तोनीको अवगुणको फाइदा उसको कट्टर आलोचक आक्तेवियनले उठायो। उसले अन्तोनीलाई युद्धका खातिर उक्साउँदै गयो। आफैं सेनामा भएकाले संगठनमा वर्चस्व बढाउँदै गयो। आक्तेवियन क्लियोपेत्राको सौताको भाइ थियो। यसैले पनि उभित्र बद्ला भाव उम्लिदै गएको बुझ्न सकिन्छ।

युद्ध मैदानमा अन्तत २ सेप्टेम्बर ३१ ईशापूर्वमा ग्रीसको समुद्रीतटमा अन्तोनीको यश, वैभव र नेतृत्व पूर्णत खरानी भयो। अन्तोनीको सेना अर्को पक्षसँग मिलेपछि उनी असहाय जस्तै भए। अन्तोनी निरीह भएलगत्तै आफ्नो साठी युद्धपोतका साथ आफ्नो पति लिएर मिश्र फर्किन। त्यो समय क्लियोपेत्राको उमेर ३८ कटिसकेको थियो। बढ्दो उमेर, बालबच्चाप्रतिको उत्तरदायित्व र पतिको हठका कारण युद्धप्रति क्लियोपेत्राको आकर्षण घट्दै गएको थियो। उनको यसखाले निरासाको प्रभाव सम्पूर्ण फौजी संगठनमा पर्यो।

त्यो समय क्लियोपेत्राको उमेर ३८ कटिसकेको थियो। बढ्दो उमेर, बालबच्चाप्रतिको उत्तरदायित्व र पतिको हठका कारण युद्धप्रति क्लियोपेत्राको आकर्षण घट्दै गएको थियो। उनको यसखाले निरासाको प्रभाव सम्पूर्ण फौजी संगठनमा पर्यो।

यही अस्तव्यस्त राजनीतिक परिस्थितिको फाइदा उठाएर आक्तेवियनले मिश्रमाथि निर्मम हमला गर्यो। महारानीको विश्वासिलो अश्व र जलसेनाले यस्तो विषम परिस्थितिमा साथ छोडिदियो। अनपेक्षित अवस्थाको सामना गर्नुपरेको स्थितिमा अन्तोनीले आफू बन्दी बनेर अपमानजनक मृत्यु ग्रहण गर्नुको सट्टा आत्महत्या गर्नु उपयुक्त ठानेर तरबारमाथि फाल हानेर ज्यान दियो। क्लियोपेत्रालाई शत्रुपक्षले जीवितै पक्रियो। आक्तेवियनले मानवीय व्यवहार गर्ने वचन त दियो तर उनले पत्याइनन।

भौतिक देह समाप्त पार्ने निधो गरेपछि क्लियोपेत्राले अन्तोनीको समाधिस्थल पुगेर प्रार्थना गरिन। जब उनको पालकी गल्लीहरुबाट लगिदै थियो, उनका स्वामिभक्त सेवकहरुले निर्निमेष सौन्दर्यमाथिको भाव भक्ति प्रकट गरिरहेको भान पथ्र्यो। उनले भोजन र स्नान गरिन। सहयोगीले उनलाई देवी विनसको रुपमा श्रृंगार गरे।
दोस्रो दिन जब रोमन सैनिक लिन गए, आश्चर्य उनी त मृत अवस्थामा भेटिइन। उनको दिव्य शरीर शान्त बनेको थियो। घटनाअनुसार अन्जिर (खन्यू)ले भरिएको टोकरीमा सेविकाले इच्छाअनुसार विषालु सर्प उनीसम्म पुर्याउन लगाइन। अनि त्यही सर्पदंशबाट क्लियोपेत्राको प्राण पखेरु उड्यो।

जुलियस सिजर र मार्क अन्तोनीको समयमा क्लियोपेत्रा विश्वकै चर्चित नारी थिइन। उनको बुद्धि, कुटनीतिक ज्ञान, युद्धकला र सौन्दर्य त्यो युगकै गहना बन्यो। अहिले पनि त्यो इतिहास उत्तिक्कै चर्चित छ। इतिहासको अस्तित्व रहेसम्म क्लियोपेत्राको बहुआयामिक व्यक्तित्व अमर बनिरहने छ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ९ : १२ बजे

शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण

दमौली– जिल्लाको शुक्लागण्डकी नगरपालिका र कृष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा

पेट्रोलियम ट्यांकर चालकको आन्दोलन फिर्ता, सरकारसँग चार बुँदे सहमति

काठमाडौं- तीन दिनदेखि आन्दोलित नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति

जलपाईगुडीमा रेल दुर्घटना : ज्यान गुमाउनेको संख्या १५ पुग्यो

कोलकाता- भारतको पश्चिम बंगाल राज्यस्थित नयाँ जलपाईगुडीमा सोमबार बिहान रेल दुर्घटनामा

स्वदेशमै पुग्दैन बिजुली, प्राधिकरणलाई निर्यातकै हतारो !

काठमाडौं– यो सिजन चर्को गर्मीका कारण देशभर विद्युत् खपत बढ्दा

कोशीमा चट्याङबाट दुई सय ५४ जनाको मृत्यु

झापा– कोशी प्रदेशमा विगत दश वर्षमा चट्याङ लागेर दुई सय