गृहमन्त्रीलाई सांसद शाहीको व्यंग्य : प्रतिपक्षमा बस्दा एउटा, सत्तामा जाँदा अर्को चरित्र हुने रहेछ « Khabarhub

गृहमन्त्रीलाई सांसद शाहीको व्यंग्य : प्रतिपक्षमा बस्दा एउटा, सत्तामा जाँदा अर्को चरित्र हुने रहेछ


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि व्यंग्य कसेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले संसद् अहिले संसद् जस्तो हुन नसकेको पनि बताए ।

‘अहिले संसद् संसद् जस्तो भएको छैन । संसद्को दाहिनेतिर बस्दा मान्छेको चरित्र एउटा, बायाँतिर बस्दा अर्को चरित्र हुने रहेछ’, उनले गृहमन्त्रीतिर लक्षित गर्दै भने, ‘आज अहिलेसम्म पनि संसद्‍को गतिविधि अघि बढ्न सकेन । यसअघि गृहमन्त्री र प्रधानमन्त्रीले मुटु दह्रो छ भनेका थिए । तीन महिनाअघि मात्रै गृहमन्त्रीले खुट्टा कमाउनु भएन भनेको यहीँबाट हो । तर अहिले उहाँहरूको नाम आएको छ किन छानबिन नभएको हो ?’

शाहीले सहकारीपीडितहरूको सडकमा बास भएको बताउँदै उनीहरूको बचत फिर्ता हुनुपर्ने उल्लेख गरे ।

‘मकै पोलेको र सागको मुठा बेचेको पैसा हो उनीहरूको । नेपाली जनतालाई मार्न कसैले पाउँदैन’, उनले भने, ‘गृहमन्त्रीलाई मेरो प्रश्न, मुटु कमाएको हो ? खुट्टा कमाएको हो ? डराएको हो ?’

उनले सहकारी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी गर्दा गृहमन्त्रीलाई जोगाइएको बताए ।

‘छिपछिपे सहकारीमा खाता खोलेकी गीता बस्नेतका ज्वाइँले कृष्णसार रेस्टुरेन्टमा लगानी गरेका छन्। यसमा प्रत्यक्ष नजोडिएकी राप्रपा सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी हुन्छ’, उनले भने, ‘तर गृहमन्त्रीको नाममा गोरखा मिडिया नेट्वर्कमा सहकारीको करोडौँ बचत आउँदा किन कारबाही हुँदैन ? सरकारमा पुग्दा एउटा बोली प्रतिपक्षमा अर्को बोली हुनु हुँदैन ।’

उनले गृहमन्त्री रवि लामिछाने जोडिएको प्रकरणमा छानबिन गर्न ढोका खोलिदिनुपर्ने बताए । ‘गृहमन्त्री तपाईंले छानबिन गर्न दिनुस् । दोषी भए कारबाही होला नभए फेरि तपाईं यहीँ आउनु हुन्छ । जनताले पुराना दलले गर्न सकेनन् भनेर नयाँ दललाई अवसर दिएको हो तर जनताको सपना मर्न दिनु भएन।’

उनले गृहमन्त्री लामिछाने जोडिएको सहकारी प्रकरणमा छानबिन समिति बनाउनै पर्ने बताए । ‘छानबिन समिति बनाउनुपर्छ, यसमा गृहमन्त्री तयार हुनुपर्छ’, उनले भने, ‘सहकारी ठगीमा छानबिन समिति चाहिन्छ ।’

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  १२ : २५ बजे

१२ दिनमा ४२२ विपद्का घटना

काठमाडौँ– वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका

उत्पादन सुरु गर्ने मिति संशोधनका लागि सम्पर्कमा आउन प्राधिकरणको आग्रह

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई आयोजनाको व्यापारिक

आईपीएल: : राजस्थानले दिएको २२९ रनको लक्ष्य हैदरावादले ९ बल बाँकी हुँदै गर्यो पूरा

जयपुर- इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औं खेलमा सनराइजर्स

पर्यटकको पर्खाइमा थोरङ फेदी

मुस्ताङ– समुद्री सतहदेखि ५ हजार ४१६ मिटरको उचाइको (मनाङ–मुस्ताङ) थोरङलापास

भिमफेदी कारागारका १३३ कैदीबन्दी अझै फरार

मकवानपुर– मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै