संसद्‍मा स्वर्णिम वाग्ले बोल्दा कांग्रेस सांसदहरूको झन् चर्को आक्रोश « Khabarhub

संसद्‍मा स्वर्णिम वाग्ले बोल्दा कांग्रेस सांसदहरूको झन् चर्को आक्रोश


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले आइतबार बसेको संसद् बैठकमा बोल्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदहरू झन् बढी आक्रोशित भएका छन् ।

रास्वपा सभापति रवि लागिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले छानबिन समिति माग गरेको छ । कुनै बेला नेपाली कांग्रेसमा रहेका वाग्ले २०८० को उपनिर्वाचनमा तनहुँबाट प्रतिनिधि सभामा विजयी भएका थिए । उनले त्यसबेला नेपाली कांग्रेसका डा. गोविन्द भट्टराईलाई हराएका थिए ।

कांग्रेसले वेल घेराउ गरेर नाराबाजी गरिरहेका बेला वाग्लेले नीति तथा कार्यक्रकबारे बोल्न रोष्ट्रममा पुगेपछि कांग्रेस नेताहरू थप आक्रोशित भएर नाराबाजी गरेका हुन् ।

कांग्रेसको नाराबाजीबीच वाग्लेले भने, ‘असहज वातावरणमा बोल्नु पर्ला जस्तो लागेको थिएन । मेरा राजनीतिक आदर्शलाई स्थापित गर्नुको साटो लज्जास्पद अवस्था भयो । संसदीय छानबिन समिति बनाउन हाम्रो कुनै असहमति छैन । तर व्यक्तिगत समिति बन्दैन । औचित्यहीन कर्मकाण्डको खेद प्रकट गर्छु ।’

वाग्लेले यसोभन्दा सभामुख देवराज घिमिरेले विषयमा प्रवेश गरेर बोल्न भनेका थिए । नीति तथा कार्यक्रमबारे छलफलमा कांग्रेसप्रति वाग्ले खनिएपछि सदनमा अझै नाराबाजी देखिएको हो ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  १ : ०५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग