एमालेको पहिलो राष्ट्रिय महिला भेलाको तयारी पूरा « Khabarhub

एमालेको पहिलो राष्ट्रिय महिला भेलाको तयारी पूरा


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)ले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही जेठ १६ र १७ गते हुन लागेको पहिलो राष्ट्रिय महिला भेलाको तयारी पूरा भएको जनाएको छ ।

एमाले जनसंगठन समन्वय संयन्त्रले आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै सम्मेलनको तयारी पुरा भएको र राष्ट्रिय भेलाको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने जानकारी दिएकाे हाे ।

पत्रकार सम्मेलनमा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै सन्दर्भमा भेलाको आयोजना गरेको जानकारी दिए ।

भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको चर्चा गरिने र महिला आन्दोलनका अबका एजेन्डाहरूलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने उनले बताए ।

भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, नेकपा (एमाले) आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीलगायतको सहभागिता रहने एमालेले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  २ : ३४ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश