प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योगमा सहयोग गर्छौँ : मुख्यमन्त्री कार्की « Khabarhub

प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योगमा सहयोग गर्छौँ : मुख्यमन्त्री कार्की


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योग क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको बताएका छन् ।

सूर्योदय मिल्स एण्ड बेभरेज उद्योग प्रालि विराटनगर–१४ द्वारा घ्यू जापान निर्यात हुने कार्यको आज शुभारम्भ गर्दै उनले कृषिको उत्पादन र उत्पादकत्व बढाउन आयातलाई प्रतिस्थापन रोजगारी वृद्धिमा सहयोग पुर्‍याउने काम गरिरहेको जानकारी दिए ।

उनले कोशी प्रदेशबाट वार्षिक  ५० टन घ्यु  जापान निर्यात हुने सम्झौता हुनु गौरवको कुरा भएको र गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरे ।

उनले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा  मिल्क एण्ड बेभरेजलाई स्वदेशको बजार खपत वृद्धि तथा विदेशमा निर्यात गर्न उत्पादन लागत घटाउन सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले प्रदेशको परिचयको रूपमा रहेको घ्यु, चिया, मह, चिउरा उत्पादन र ब्राण्डिङ गरी  निर्यात प्रवर्द्धन  गरेमा रोजगारी वृद्धि र गरिबी निवारण गर्न सकिने बताए ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालले प्रदेशमा दूध उत्पादन वृद्धि भई तराईमा धुलो दूध, पहाडी क्षेत्रमा छुर्पी उत्पादन हुने गरेकाले सरकाले घ्यू, धुलो दूध उत्पादनमा अनुदान उपलब्ध गराएको जानकारी दिए।

नेपाल डेरी एशोसिएशनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले उत्पादन लागत वृद्धिले डेरी उत्पादन निर्यातमा समस्या आएको जानकारी दिए ।

मुलुकमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुनका साथै ३१ लाख बजारमा बिक्रीका लागि जाने गरेको उनको भनाइ छ ।  दैनिक रु छ करोड रकम ग्रामीण क्षेत्रका किसानले प्राप्त गर्ने र ४० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको उनले जानकारी दिए ।

उद्योगका सञ्चालक मनोज यादवले जापानको पद्क कर्पोरेसन लिमिटेडलाई यस पटक एक हजार दुई केजी घ्यू, तीन हजार केजी चिउरा, एक हजार दुई सय केजी मह, तीन हजार केजी चियापत्ती गरी १० टन निर्यात गर्न लागेको जानकारी दिए। आगामी  प्रत्येक महिना पाँच टन घ्यू पठाउने उनले बताए ।

विराटनगर १४ मा स्थापित उक्त डेरीले दैनिक धुलो दूध ३० हजार केजी, घ्यू दुई हजार केजी र दूध, दही, बटर उत्पादन गर्दै आएको छ । कोशी प्रदेश सरकारले प्रदेशमा धुलो दूध उत्पादनका लागि दुग्ध विकास आयोजना विराटनगरलाई रु पाँच करोड, सगरमाथा सहयोग दूध उत्पादन केन्द्र तरहरा सुनसरीलाई रु २० करोड र सूर्योदयलाई रु दुई करोड सहयोग उपलब्ध गराएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ३ : ०१ बजे

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना

दाङ– यात्रुलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई

मध्यपूर्व तनावबीच क्यास्पियन सागरमा इरानी जहाजमाथि हमला, युक्रेन र इरान आमनेसामने

तेहरान – क्यास्पियन सागरमा आफ्नो व्यावसायिक जहाजमाथि युक्रेनले ड्रोन तथा