काठमाडौं – नीति तथा कार्यक्रम पारित भएसँगै सरकारले आगामी आर्थिक वर्षको बजेट संसद्बाटै ल्याउने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले पर्सी (जेठ १५ गते मंगलबार) दिउँसो १ बजे संसद्को संयुक्त सदनमा बजेट भाषण गर्ने भएका हुन् ।
सभामुख देवराज घिमिरेले बजेट भाषण हुने दिन पर्सी सांसद्हरूलाई मध्याह्न १२ः४५ मै संसद् बैठकमा उपस्थित हुन निर्देश गरिसकेका छन् ।
अघिल्ला आर्थिक वर्षमा सामान्यतयाः दिउँसो ३ बजे पछाडिमात्रै बजेट वक्तव्य वाचन शुरू हुने गर्थ्यो । यसपटक भने सदनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध जारी राखेकाले त्यसलाई झेलेरै बजेट ल्याउन मध्याह्नमै संसद् बैठक डाकिएको हो ।
आज बसेको प्रतिनिधि सभा बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिसकेको छ । अर्थमन्त्री पुनले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पनि प्रस्तुत गरेका छन् । जेठ १५ मा पनि प्रतिपक्षी कांग्रेसले संसद् अवरोध गरे सरकारले पेलेरै बजेट पेश गर्नेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले ठूलो आकारको बजेट ल्याउन दबाब दिएका कारण अर्थ मन्त्रालयले १८ खर्ब रुपैयाँ माथिका विभिन्न विकल्पमाथि गृहकार्य गरिरहेको छ ।
चालु वर्षको आर्थिक वृद्धिदर ३.९ प्रतिशत, कस्ता छन् अन्य सूचक ?
ठूलो आकारको बजेट ल्याउने चक्करमा प्रधानमन्त्री, वित्तीय अनुशासन धरापमा
बजेट तर्जुमा प्रक्रियामै प्रधानमन्त्रीको हस्तक्षेप, अप्ठेरोमा अर्थमन्त्री
प्रतिक्रिया