जेठ २३ देखि 'चौथो आदिवासी जनजाति चलचित्र महोत्सव' हुँदै | Khabarhub Khabarhub

जेठ २३ देखि ‘चौथो आदिवासी जनजाति चलचित्र महोत्सव’ हुँदै


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा चौथो आदिवासी चलचित्र महोत्सव जेठ २३ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।

महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण २०७६ सालदेखि हुन नसकेको महोत्सव आगामी जेठ २३, २४ र २५ गते आयोजना गर्न लागिएको जनाएको हो ।

३ दिनसम्म चल्ने महोत्सवमा आदिवासी जनजाति मातृभाषी चलचित्र, वृत्तचित्र र छोटा चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा सहभागिता जनाउने चलचित्रलाई विभिन्न ८ विधामा अवार्ड तथा पुरस्कार प्रदान गर्ने महासंघले जानकारी दिएको छ ।

जसअनुसार उत्कृष्ट चलचित्रलाई नगर  २० हजार रुपैयाँ, उत्कृष्ट बृत्तचित्रलाई १० हजार र उत्कृष्ट सर्ट फिल्मलाई  १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने महासंघका अध्यक्ष पुर्खाजित राईले जानकारी दिए ।

नेपालको सांस्कृतिक र प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पुर्‍याउने विश्वासका साथ चलचित्र महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ५ : ४६ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका