जेठ २३ देखि ‘चौथो आदिवासी जनजाति चलचित्र महोत्सव’ हुँदै « Khabarhub

जेठ २३ देखि ‘चौथो आदिवासी जनजाति चलचित्र महोत्सव’ हुँदै


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा चौथो आदिवासी चलचित्र महोत्सव जेठ २३ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।

महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण २०७६ सालदेखि हुन नसकेको महोत्सव आगामी जेठ २३, २४ र २५ गते आयोजना गर्न लागिएको जनाएको हो ।

३ दिनसम्म चल्ने महोत्सवमा आदिवासी जनजाति मातृभाषी चलचित्र, वृत्तचित्र र छोटा चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा सहभागिता जनाउने चलचित्रलाई विभिन्न ८ विधामा अवार्ड तथा पुरस्कार प्रदान गर्ने महासंघले जानकारी दिएको छ ।

जसअनुसार उत्कृष्ट चलचित्रलाई नगर  २० हजार रुपैयाँ, उत्कृष्ट बृत्तचित्रलाई १० हजार र उत्कृष्ट सर्ट फिल्मलाई  १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने महासंघका अध्यक्ष पुर्खाजित राईले जानकारी दिए ।

नेपालको सांस्कृतिक र प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पुर्‍याउने विश्वासका साथ चलचित्र महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ५ : ४६ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले