अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ « Khabarhub

अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको कोशी गाउँपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम र  नगद १० हजार ४ सय रुपैयाँसहित इटहरी उपमहानगरपालिका-५ बस्ने २० वर्षीया संगीता चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका-८ वुद्धचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय २० मिलिग्राम र २५ हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँसहित सोही उपमहानगरपालिका-८ बस्ने २६ वर्षीय नविन चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ६ : ०४ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत