पपुवा न्यूगिनीमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६७० भन्दा बढी रहेको आशंका : राष्ट्रसङ्घीय अधिकारी « Khabarhub

पपुवा न्यूगिनीमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६७० भन्दा बढी रहेको आशंका : राष्ट्रसङ्घीय अधिकारी


१३ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

सिड्नी– पपुवा न्युगिनीमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६७० नाघेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका एक अधिकारीले आइतबार सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

प्रशान्त महासागरीय टापुका लागि संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायका प्रमुख सेर्हान अक्टोप्राकका अनुसार यसको प्रभाव सुरुमा सोचेभन्दा निकै ठूलो देखिएको छ ।

‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’लाई दिएको अन्तर्वार्तामा अक्टोप्राकले १५० भन्दा बढी घर ६ देखि ८ मिटर गहिरो भग्नावशेषमा पुरिएको र ६७० भन्दा बढीले ज्यान गुमाउन हुनसक्ने बताए ।

एङ्गा प्रान्तको विपद् क्षेत्र वरपरको क्षेत्र पनि जोखिमपूर्ण रहेको र लगातार पहिरो खसेका कारण करिब एक हजार २५० जनालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।

पपुवा न्यूगिनीको राजधानी पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर उत्तर पश्चिममा रहेको एङ्गा प्रान्तको दुर्गम क्षेत्रमा स्थानीय समयअनुसार शुक्रबार बिहान करिब ३ः०० बजे भीषण पहिरो गएको थियो ।

पपुवा न्यूगिनीस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै एङ्गा प्रान्तको लगाइप पोर्गेरा जिल्लामा पीडित र उनीहरूका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

‘हताहत हुनेको सङ्ख्या यकिन हुन बाँकी छ, तर प्रारम्भिक रिपोर्टले मृतकको सङ्ख्या अत्यधिक हुन सक्ने सङ्केत गरेको छ । खोजी तथा उद्धार कार्य जारी छ, यद्यपि निरन्तरको पहिरो र पहिरोसँगै खसेको ढुङ्गाले यी प्रयासहरूलाई प्रभावित गरिरहेको छ,’ राष्ट्रसङ्घीय कार्यालयका प्रवक्ताले भने ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ६ : १० बजे

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै