नेप्से पुनःसंरचना गर्न महालेखापरीक्षकको सुझाव | Khabarhub Khabarhub

नेप्से पुनःसंरचना गर्न महालेखापरीक्षकको सुझाव


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले एकसट्ठिऔँ वार्षिक प्रतिवेदन, २०८१ मा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) पुनःसंरचना गरी पुँजी बजारको दायरा र आकार वृद्धि गराउन सुझाव दिएको छ ।

बजारको क्षेत्रगत विविधता बढाउने, धितोपत्र व्यवसायीको सेवा विस्तार, विदेशी लगानीकर्तालाई लगानीमा सहजता, वस्तु बजारको लागि नियमनकारी व्यवस्थाको सुदृढीकरण गर्न नेप्सेको पुनःसंरचना आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

‘धितोपत्रमा लगानीसम्बन्धी शिक्षा दिने प्रक्रिया थालनी भएको, सूचीकृत कम्पनीको संख्या न्यून रहेको, उत्पादनमूलक लगायत बहुसंख्यक कम्पनीहरूले धितोपत्र निष्काशन नगरेको, केही म्युचुअल फण्डबाहेक संस्थागत लगानीकर्ताको उपस्थिति न्यून रहेको, धितोपत्र दलालहरूको उपस्थितिले लागत घटाउन नसकिएको र निजी क्षेत्रलाई प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल सञ्चालन गर्न उत्प्रेरित गर्ने वातावरण नियमनकारी निकायहरूले बनाउन सकेको देखिँदैन’, महालेखाले प्रतिवेदनमा लेखेको छ ।

‘कर्पोरेट पेपर र ऋणपत्र बजारको उपस्थिति शुन्य प्रायः रहेको छ’, प्रतिवदनमा उल्लेख छ, ‘भेन्चर क्यापिटल र प्राइभेट इन्भेष्टमेन्ट जस्ता व्यवसायलाई धितोपत्र बजारमा ल्याउन सकेको छैन ।’

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ८ : ११ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान