उपाधि जित्न हैदरावादले कोलकातालाई दियो ११४ रनको लक्ष्य « Khabarhub

उपाधि जित्न हैदरावादले कोलकातालाई दियो ११४ रनको लक्ष्य


१३ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा अहिले कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा जारी छ ।

चेपौक स्टेडियम, चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले कोलकातालाई ११४ रनको लक्ष्य दिएको छ । १८.३ ओभरमा अलआउट भएको हैदरावादले ११३ रन बनाउन सक्यो ।

हैदरावादका लागि कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए । १९ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे।

त्यस्तै एडेन मार्करामले २०, हेनरिक क्लासेन १६, नितिश कुमार रेड्डीले १३ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

कोलकताका आन्द्रे रसेलले तीन, मिचेल स्टार्क तथा हर्षित राणाले दुई/दुई विकेट लिए ।

पहिलो क्वालिफायरमा कोलकातासँग ८ विकेटले पराजित भएको हैदरावाद दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै फाइनल पुगेको थियो । हैदरावाद र कोलकाताको हेड टु हेड अहिलेसम्म कोलकाता अगाडि छ।

पाँच प्रतिस्पर्धामा हैदरावादले एउटा मात्र जित निकालेको छ। आईपिएलको यो सिजनमा भएका दुई भेटमा कोलकाता विजयी भएको छ। समूह चरणको पहिलो भेटमा ४ रनले विजयी भएको कोलकाता पहिलो क्वालिफायरमा ८ विकेटले विजयी भएको हो।

यसअघि २०२३ मा भएको एक भेटमा कोलकाता ५ रनले विजयी भएको थियो भने एक खेलमा हैदरावाद २३ रनले विजयी भएको छ। २०२२ मा भएको एक प्रतिस्पर्धामा कोलकाता ५४ रनले विजयी भएको थियो।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ९ : ३६ बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच