राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट « Khabarhub

राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पु¥याएको बताए ।

उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए ।

उनले नेपाल र चीनबीच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिको लगायतले दुई देशबीचको  जनस्तरको सम्बन्ध र सांस्कृतिक आदानप्रदानलाई समृद्ध बनाउन ठूलो योगदान दिएको पनि बताएका थिए ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १० : ५३ बजे

मनिलामा अमेरिका–रुसबीच युक्रेन युद्धबारे उच्चस्तरीय छलफल

मनिला– दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को शिखर सम्मेलनका क्रममा

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

चितवन– चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्यचौकी, बर्थिङ

शिक्षा मन्त्रीविरूद्ध ‘नेपो बेबी मुर्दावाद’ को नारा, ५ जना पक्राउ (तस्बिरहरू)

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् ।   त्रिभुवन विश्वविद्यालयको

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

भद्रपुर– अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी