चन्द्रमाबाट चट्टान लिएर चिनियाँ चाङ्गे–६ पृथ्वीमा अवतरण « Khabarhub

चन्द्रमाबाट चट्टान लिएर चिनियाँ चाङ्गे–६ पृथ्वीमा अवतरण


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


22.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको मुन मिसन चन्द्रमाको सतहबाट माटोसहितको चट्टान लिएर पृथ्वीमा अवतरण गरेकाे छ । योसँगै चीन चन्द्रमाको अँध्यारो दिशाबाट नमूना ल्याउने पहिलो देश बनेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनको चाङ्गे–६ ल्यान्डर नमूना लिएर ५३ दिनपछि पृथ्वीमा फर्किएको हो ।

चीनले मे ३ तारिखमा चाङइ-६ मिसन प्रक्षेपण गरेको थियो । न्यूयोर्क टाइम्सका अनुसार यस अनुसन्धानको लक्ष्य चन्द्रमाको सबैभन्दा टाढाको भागमा गएर नमूना संकलन गरी पृथ्वीमा पठाउने थियो । चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानिस पठाउने लक्ष्य राखेको छ । यो मिसन पनि त्यही लक्ष्यको हिस्सा हो ।

अहिलेसम्म चन्द्रमामा गएका सबै १० चन्द्र अभियानहरू नजिकैको भागमा मात्र पुगेका छन् । यसमा भारत र अमेरिका पनि परेका छन् । यस्तो अवस्थामा चीनले चन्द्रमाको टाढाको भागबाट नमूना ल्याएर अन्तरिक्ष दौडमा अमेरिकालाई कडा चुनौती दिएको छ ।

सीएनएनका अनुसार चाङ्गे-६ को रि-इन्ट्री मोड्युल चीनको उत्तरी भागमा अवतरण भएको थियो । यसपछि खोजी टोली केही मिनेटमै यस मोड्युलमा पुग्यो । चिनियाँ वैज्ञानिकहरूले मिसन सफल भएको जानकारी दिए।

चिनियाँ राष्ट्रपति सी चिनफिङले यो मिसनको सफलता चीनको सपना साकार पार्न कोसेढुंगा साबित हुने बताएका छन् । यसबाट चीन अन्तरिक्ष शक्ति बन्ने नजिक पुगेको छ । मानव पठाउनका साथै चीनले सन् २०३० सम्ममा चन्द्रमाको दक्षिणी ध्रुवमा अनुसन्धान आधार निर्माण गर्न चाहन्छ ।

अहिलेसम्मको अनुसन्धानले चन्द्रमाको यस भागमा बरफको रूपमा पानी रहेको सम्भावना देखाएको छ । अमेरिका पनि चन्द्रमाको यो भागमा आफ्नो बेस बनाउन चाहन्छ । रिपोर्टका अनुसार चाङ्गे-६ मिसनले चन्द्रमाको सतहबाट २ किलोग्राम माटो आफैं लिएर फर्केको छ ।

चन्द्रमाको सतहबाट नमूना संकलन गर्न ड्रिल र रोबोटिक हातहरू प्रयोग गरिएको थियो । यसमार्फत चन्द्रमामा रहेको ४ अर्ब वर्ष पुरानो क्रेटरबाट माटो निकालिएको थियो । यसपछि नमूनालाई क्याप्सुलमा राखेर पुनः प्रवेश गर्ने गाडीमा सारिएको थियो ।

चिनियाँ वैज्ञानिकहरूले अब नमूनामा अनुसन्धान गर्नेछन् । यस अवधिमा चन्द्रमासँगै पृथ्वी र सौर्यमण्डलको निर्माणबारे अध्ययन गरिनेछ । चीनको अनुसन्धान पूरा भएपछि यसलाई अन्य देशसँग पनि बाँड्नेछ

चाङ्गे-६ मे ३ मा दक्षिणी ध्रुव-एटकेन बेसिनमा अवतरण भएको थियो । यो चन्द्रमाको तीन ठूला र सबैभन्दा प्रमुख भूमि भागहरू मध्ये एक हो । त्यसैले यसको वैज्ञानिक मूल्य धेरै उच्च छ । यस मिसनमा चीनले अन्य देशबाट पनि पेलोड लिएको थियो । 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १ : ०५ बजे

भोटेकोशी बाढीपहिरो : हालसम्म १ हजार ३ सय ५५ जनाको शव भेटियो, ४ हजार ९ सय १६ सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी बाढीपहिरोमा परि ज्यान गुमाउनेमध्ये हालसम्म १ हजार ३

भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभरका

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा १३औँ दिनमा दीप प्रज्वलन (तस्बिरहरू) 

पोखरा– भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई