निगमको जहाज प्राधिकरणको अनुमतिबिनै इटाली पुगेपछि… « Khabarhub

निगमको जहाज प्राधिकरणको अनुमतिबिनै इटाली पुगेपछि…


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमको वाइडबडी जहाज मर्मतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को अनुमतिबिना इटाली पुगेपछि विवाद सुरु भएको छ।  मर्मतका लागि जहाज इटाली पुगेपछि क्यान र प्राधिकरणबीच विवाद सुरु भएको हो । 

लामो समयदेखि नेपालको उड्डयन क्षेत्रलाई सुरक्षा सूचीमा राख्दै आएको ईयू क्षेत्रको इटालीमै निगमले अनुमतिबिना जहाज उडाएपछि विवाद सुरु भएको हो ।

निगमको वाइडबडी विमान नियमित उडानका क्रममा दुबई गएको थियो । त्यहाँबाट क्यानको अनुमतिबिना मर्मतका लागि उक्त जहाज इटाली लगिएपछि दुई पक्षबीच विवाद उत्पन्न भएको छ । 

नेपाल वायुसेवा निगम  स्रोतका अनुसार जुन २२ तारिखमा नियमित उडानका क्रममा दुबई पुगेको जहाज त्यहीँबाट मर्मतका लागि इटाली गएको थियो ।

अनुमतिबिना मर्मतका लागि ए ३३०–२०० सिरिजको दर्ता नम्बर ९ एन–एएलवाई जहाज ईयू क्षेत्र पुगेपछि प्राधिकरणले निगमको तर्फबाट एकाउन्टेबल म्यानेजरसहित सदस्यको समूहमा रहेर काम गर्दै आएका ५ जनालाई निलम्बन गरेको छ । जसमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित दुई जना क्याप्टेन, एकजना अपरेशन डाइरेक्ट र एकजना म्यानेजर रहेका छन् ।

‘मर्मतका लागि वायुसेवा कम्पनीहरूका जहाज जाँदा निगमको अनुमति लिनुपर्छ । तर, त्यसो नगरेकाले प्राधिकरणले आफ्नो नियमित कारबाहीअन्तर्गत उक्त निर्णय गरेको हो’, प्राधिकरणका प्रवक्ता  हंसराज पाण्डेयले बताए । 

 नेपालको उड्डयन क्षेत्रलाई लामो समयदेखि ईयूले सुरक्षा सूचीमा राख्दै आएको छ । उसकै क्षेत्रमा निगमले नियमित प्रक्रिया उल्लंघन गरेर जहाज पठाएकाले थप समस्या पार्न सक्ने उनको भनाइ छ ।

पाण्डेयका अनुसार जहाज मर्मतका लागि सम्बन्धित कम्पनीले पनि क्यानको अनुमति लिनुपर्ने बताए । उनले अनुमतिबिनै मर्मतका लागि जहाज इटाली पुगेकाले निगमले मर्मत नै रोकिदिन सक्ने समेत बताए ।

क्यानले इटालीस्थित कम्पनीलाई जहाज मर्मतका लागि अनुमति नदिएमा निगमको जहाज त्यतिकै फर्कनुपर्ने अवस्था हुन सक्ने देखिएको छ ।

लामो समयदेखि ईयुको सुरक्षा सूची, ग्राउन्ड ह्यान्डलिङ लगायत विभिन्न विषयहरूमा नियामक निकाय प्राधिकरण र निगमबीच विवाद देखिँदै आएको छ । 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ३ : ३६ बजे

रोगभन्दा औषधि अभावले बढी पिरोलिँदै क्यान्सरका बिरामी

काठमाडौँ- बजारमा क्यान्सर रोगको उपचारका लागि आवश्यक औषधिको चरम अभाव

आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने

काठमाडौँ – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को

महिलामाथि कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ

सिरहा– सिरहामा दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई

बाघको संरक्षणमा जोड

रौतहट– बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौँ– गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर