निगमको जहाज प्राधिकरणको अनुमतिबिनै इटाली पुगेपछि… « Khabarhub

निगमको जहाज प्राधिकरणको अनुमतिबिनै इटाली पुगेपछि…


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमको वाइडबडी जहाज मर्मतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को अनुमतिबिना इटाली पुगेपछि विवाद सुरु भएको छ।  मर्मतका लागि जहाज इटाली पुगेपछि क्यान र प्राधिकरणबीच विवाद सुरु भएको हो । 

लामो समयदेखि नेपालको उड्डयन क्षेत्रलाई सुरक्षा सूचीमा राख्दै आएको ईयू क्षेत्रको इटालीमै निगमले अनुमतिबिना जहाज उडाएपछि विवाद सुरु भएको हो ।

निगमको वाइडबडी विमान नियमित उडानका क्रममा दुबई गएको थियो । त्यहाँबाट क्यानको अनुमतिबिना मर्मतका लागि उक्त जहाज इटाली लगिएपछि दुई पक्षबीच विवाद उत्पन्न भएको छ । 

नेपाल वायुसेवा निगम  स्रोतका अनुसार जुन २२ तारिखमा नियमित उडानका क्रममा दुबई पुगेको जहाज त्यहीँबाट मर्मतका लागि इटाली गएको थियो ।

अनुमतिबिना मर्मतका लागि ए ३३०–२०० सिरिजको दर्ता नम्बर ९ एन–एएलवाई जहाज ईयू क्षेत्र पुगेपछि प्राधिकरणले निगमको तर्फबाट एकाउन्टेबल म्यानेजरसहित सदस्यको समूहमा रहेर काम गर्दै आएका ५ जनालाई निलम्बन गरेको छ । जसमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित दुई जना क्याप्टेन, एकजना अपरेशन डाइरेक्ट र एकजना म्यानेजर रहेका छन् ।

‘मर्मतका लागि वायुसेवा कम्पनीहरूका जहाज जाँदा निगमको अनुमति लिनुपर्छ । तर, त्यसो नगरेकाले प्राधिकरणले आफ्नो नियमित कारबाहीअन्तर्गत उक्त निर्णय गरेको हो’, प्राधिकरणका प्रवक्ता  हंसराज पाण्डेयले बताए । 

 नेपालको उड्डयन क्षेत्रलाई लामो समयदेखि ईयूले सुरक्षा सूचीमा राख्दै आएको छ । उसकै क्षेत्रमा निगमले नियमित प्रक्रिया उल्लंघन गरेर जहाज पठाएकाले थप समस्या पार्न सक्ने उनको भनाइ छ ।

पाण्डेयका अनुसार जहाज मर्मतका लागि सम्बन्धित कम्पनीले पनि क्यानको अनुमति लिनुपर्ने बताए । उनले अनुमतिबिनै मर्मतका लागि जहाज इटाली पुगेकाले निगमले मर्मत नै रोकिदिन सक्ने समेत बताए ।

क्यानले इटालीस्थित कम्पनीलाई जहाज मर्मतका लागि अनुमति नदिएमा निगमको जहाज त्यतिकै फर्कनुपर्ने अवस्था हुन सक्ने देखिएको छ ।

लामो समयदेखि ईयुको सुरक्षा सूची, ग्राउन्ड ह्यान्डलिङ लगायत विभिन्न विषयहरूमा नियामक निकाय प्राधिकरण र निगमबीच विवाद देखिँदै आएको छ । 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ३ : ३६ बजे

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख जम्मा

काठमाडौं– सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ

स्पेनिस ला लिगा : एल्चेले कडा चुनौची दिँदा रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल

निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल

दोलखा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

बागलुङमा थपिए पाँच हजार ३९३ मतदाता

बागलुङ– आगामी २१ फागुनको निर्वाचनका लागि बागलुङमा पाँच हजार ३९३

सडक दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं – काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक