११ अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार  « Khabarhub

११ अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार 


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबारदेखि मंगलबारसम्म बढेको शेयर बजार आज भने ओरालो लागेको हो । आज नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २.०६० को विन्दुमा कायम भएको छ । आज ५७ कम्पनीको मूल्य बढेको छ भने १९६ कम्पनीको घटेको छ ।

आज दिनभरिमा ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको १६ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, गुडविल फाइनान्सको १५ करोड १६ लाख रुपैयाँ बराबर र एनआरएनको १३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज सो कम्पनीका लगानीकर्ताले ९ दशमलव ५५ प्रतिशतका दरले कमाए । शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव २६ प्रतिशतका दरले कमाएका हुन् । गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशमलव १३ प्रतिशतका दरले कमाएका छन् ।

सबैभन्दा बढी  गुमाउने लगानीकर्ता भने साधना लघुवित्त वित्तीय संस्थाका रहेका छन् ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ३ : २९ बजे

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।

दलित सहमहामन्त्रीमा प्रकाश विजय

काठमाडौं– नेपाली कांग्रेसको दलित सह महामन्त्रीमा प्रकाश रसाइली स्नेही विजयी

कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा

निर्मल पुर्जाको ‘पोर्टर हाउस’ परियोजनाले पायो अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज