‘उज्यालो गण्डकी’ अभियान सञ्चालन « Khabarhub

‘उज्यालो गण्डकी’ अभियान सञ्चालन


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– प्रदेश सरकारले आधारभूत विद्युत् सुविधामा सबै नागरिकको पहुँच सुनिश्चितताका लागि ‘उज्यालो गण्डकी’ अभियान सञ्चालन गरेको छ । 

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले चालु आर्थिक वर्षमा ‘उज्यालो गण्डकी’ घोषणा गर्ने तयारी भए पनि शून्य दशमलव पाँच प्रतिशत घर अझै बिजुलीको पहुँचबाहिर रहेका बताएको छ । 

नवलपुरको बौँदीकाली, बुलिङटार र तनहुँको देवघाट क्षेत्रमा विद्युत् सेवा विस्तारको काम बाँकी रहेको मन्त्रालयका इञ्जिनीयर जीवन श्रेष्ठले राससलाई बताए।

‘नवलपुरमा विद्युतीकरणका लागि नेपाल विद्युत् प्राधिकरणले जिम्मा लिएको छ, प्रदेशले बजेट पनि उपलब्ध गराइसकेको छ’, उनले भने, ‘प्राधिकरणले काममा ढिलाइ गरेकाले चालु आवमा ‘उज्यालो गण्डकी’ घोषणा हुन सकेन, तनहुँमा पनि प्राधिकरणले आफ्नै आयोजनाबाट तीन सय ७० घरमा विद्युत् सेवा पुर्‍याउन बाँकी छ ।’

आगामी भदौभित्र दुवै जिल्लामा बाँकी रहेका घरमा विद्युत् सुविधाको पहुँच सुनिश्चितता भएपछि ‘उज्यालो गण्डकी’ घोषणा गरिने ऊर्जा शाखा प्रमुख श्रेष्ठले बताए। बर्सेनि सरकारको नीति, कार्यक्रम र बजेटमा समेटिँदै आएको ‘उज्यालो गण्डकी’को लक्ष्य आगामी आवभित्रमा हासिल हुने मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ३ : ४४ बजे

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

टोकियो – जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ ।

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

भारत-नेपाल स्टार्टअप साझेदारी कार्यक्रम (इन-स्पान) को पहिलो समूह दीक्षित

काठमाडौं- भारत-नेपाल स्टार्टअप साझेदारी नेटवर्क (इन-स्पान) अन्तर्गतको पहिलो समूहको दीक्षान्त