वीरगन्जमा नेपाल–भारत खुला सीमा संवाद « Khabarhub

वीरगन्जमा नेपाल–भारत खुला सीमा संवाद


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– खुला सीमा नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

नेपाल–भारत खुला सीमा संवाद समूह, पर्साको आयोजनामा वीरगञ्जमा बुधबारु ‘खुला सिमा– सुमधुर सम्बन्धको सेतु’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल–भारत खुला सीमा संवाद समूहका राष्ट्रिय अध्यक्ष डा.राजीव झाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा दुवै देशका अगुवाहरुको उपस्थिति रहेको थियो ।

समुहका राष्ट्रिय अध्यक्ष डा। झाले इपीजी रिपोर्ट बनाउने समिति समावेशी नभएको र नेपाल–भारत सीमा सम्बन्धी ज्ञान नभएका व्यक्तिहरूले बनाएकोले नमान्ने बताएका छन् । उनले वल्र्ड ग्लोबलाइजेसन तर्फ अग्रसर भैरहेको बेला सीमामा तारबार लगाउने कुरा असान्दर्भिक र हास्यास्पद रहेको बताएका हुन् ।

यस्तै, अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले दुई देशबीच बहुआयामिक सम्बन्ध रहेको बताए ।

त्यस्तै, कार्यक्रमका अर्का वक्ता वरिष्ठ पत्रकार चन्द्रकिशोरले सीमा सुरक्षाको नाममा मधेशमा सैनिकीकरण भैरहेको बताएका छन् । उनले सीमा क्षेत्रमा रहेका जनताहरूको भावना अनुरूप नियम कानुन बनाउनु पर्ने बताए ।

अर्का वक्ता भारत रक्सौलका समाजसेवी महेश अग्रवालले खुला सीमा दुबै देशका जनताको आवश्यकता रहेको बताए । यसैगरी, प्रदेश सदस्य श्याम पटेलले  सरकारले चाहदैमा बोर्डरमा तारबार लगाउन नमिल्ने जिकिर गरे ।

यस्तै, प्राध्यापक डा. प्रमोद कुमार कुशवाहाले हाम्रो शिक्षा प्रणाली नै ठीक नभएकोले सीमा सम्बन्धी जनतामा भ्रम रहेको बताएका थिए ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ४ : ११ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल