मुकुल ढकालको निष्कर्ष : घण्टी सुक्दै गयो, ८४ सम्म विवेकशीलकै हालत हुन सक्छ « Khabarhub

मुकुल ढकालको निष्कर्ष : घण्टी सुक्दै गयो, ८४ सम्म विवेकशीलकै हालत हुन सक्छ


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


17.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थापनाको छोटो समयमै संघीय संसद्‍का २१ सिट जित्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी संकटतिर धकेलिएको प्रतिवेदन महामन्त्री मुकुल ढकालले ल्याएका छन् ।

महामन्त्री ढकालले वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको ‘विश्लेषण प्रतिवेदन’ बुझाएका हुन् ।

उनले उक्त प्रतिवेदन बुधबार पार्टी सभापति रवि लामिछानेलाई बुझाएका छन् । उनले उक्त प्रतिवेदनमा गठनको दुई वर्षमै पार्टी तत्कालीन ‘विवेकशील’ कै बिजोग अवस्थामा पुग्न लागेको निष्कर्ष सुनाएका हुन् ।

‘पार्टीमा पहिलेको जस्तो ‘चार्म’ छैन, जनतामा आकर्षण घट्दै गएको छ’, ढकालले आफ्नो देश दौडाहापछिको निष्कर्ष सुनाउँदै खबरहबसँग भने, ‘विस्तारै पार्टीको चार्म सकिँदै गएको छ ।’

उनले सहकारी प्रकरणले मात्रै नभएर पार्टीले गरेका वाचा पूरा नगर्दा पनि जनतामा निराशा बढेको बताए । ‘सहकारीले मात्रै होइन, हामीले गरेको वाचाअनुसार काम नहुँदा निराशा बढेको छ’, उनले भने, ‘जनतामाझ जाँदा पार्टीको अवस्था संकटग्रस्त भएको देखेँ । हाम्राअगाडि ठूला चुनौती देखिएका छन् । मैले यसबारे नेतृत्वलाई घच्घच्याउन खोजेको छु ।’

रास्वपाले पछिल्लो सयम ‘मिसन—०८४’ अभियान चलाइरहेको छ । रास्वपाका केही नेताले पार्टी २०८४ मा पहिलो बन्ने बताइरहेका छन् । तर उता महामन्त्री ढकालले भने सभापति लामिछाने र रास्वपा दुवैको जनमत निरन्तर ओरालो लागेको देखेको प्रतिवेदन दिएका हुन् ।

गत वैशाख १० गते इलाम क्षेत्र नम्बर २ मा जमानत जफत हुने गरी रास्वपा हारेको थियो । त्यसपछि रास्वपाले नेताहरूलाई देशब्यापी अभियानमा होमेको थियो । रास्वपाले कार्यकर्ता भेटघाट र समीक्षाका लागि खटाएपछि ढकाल देश यात्रामा होमिएका थिए ।

उनले ‘समीक्षा यात्रा’ टुंग्याएर तयार पारेको‘विश्लेषण प्रतिवेदन’ सभापति लामिछानेलाई बुझाएका हुन् । उनले २०८४ मा पहिलो दल बन्ने नभई रास्वपा विघटनतिर जान सक्ने चेतावनी दिएका हुन् ।

उनले पुराना राजनीतिक दलकै फेरो समातेर सत्तामा कुदिरहेमा रास्वपा ‘विवेकशील भाग—२’ मा परिणत हुन सक्ने आँकलन पनि सुनाएका छन् ।

महामन्त्री ढकालले देश यात्राका क्रममा २ हजार ५०० सर्वसाधारणसँग कुराकानी गरेको जनाएका छन् । उनका अनुसार त्यसक्रममा ८० किलोमिटर पैदल यात्रा गरेको बताएका छन् । उनले यो यात्रका क्रममा ४ हजार २१६ किलोमिटर गाडीबाट गुडेको बताएका छन् ।

महामन्त्री ढकाल जेठ ६ गतेदेखि देश यात्रामा निस्किएका थिए । उनले असार ६ गतेसम्म ३९ जिल्लाका नेता-कार्यकर्तासँग संवाद गरेका थिए ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ६ : ३१ बजे

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।