गिरिजाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी गर्दै कांग्रेस « Khabarhub

गिरिजाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी गर्दै कांग्रेस


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय सूचना, संचार तथा प्रचार विभागले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै असार १८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रान्तिदेखि शान्तिसम्म, ऐतिहासिक फोटो प्रदर्शनी आयोजना गर्ने जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने प्रदर्शनीमा विभिन्न विषयमा विज्ञ वक्ताहरूको विमर्श कार्यक्रम हुने प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

मुलुकमा गणतन्त्र स्थापनाका लागि कोइरालाले खेलेको भूमिका, योगदान र सङ्घर्षलाई फोटो प्रदर्शनीका माध्यमबाट उजागर गर्न खोजिएको विश्वकर्माले बताए ।

त्यस्तै नेपाली कांग्रेसका अग्रज नेताहरूले मुलुकमा क्रान्ति र शान्तिका लागि गरेका कामहरूका बारेमा पनि फोटो प्रदर्शनीमार्फत जानकारी गराउने उनले बताए ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ६ : ५५ बजे

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग

झापा– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई

पोखरा पुगे भारतीय सेना प्रमुख धीरज सेठ (तस्बिरहरू)

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय