छायाँनाथ राराले ल्यायो ६० करोडको बजेट « Khabarhub

छायाँनाथ राराले ल्यायो ६० करोडको बजेट


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

छायाँनाथ मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ को लागि ६० करोड २६ लाख रुपैयाँको बजेट ल्याएको छ।

नगरपालिकाले १५ औं नगरसभा तथा बजेट अधिबेसनमा आ.व ०८१-०८२ का लागि जम्मा ६० करोड २६ लाख ७१ हजार ९ सय २९ बजेट छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख ऐश्वर्या शाही मल्लले प्रस्तुत गरेकी हुन ।  

नगरपालिकाको अघिल्लो वर्षको कुल बजेट ६० करोड ६९ लाख थियो । नयाँ बजेटमा संघीय सरकारतर्फ संघीय राजस्व बाँडफाँडमा ११ करोड २३ लाख  हजार, संघीय ससर्त अनुदान चालुतर्फ २७ करोड ६० लाख ९३ हजार रकम अनुमान सभामा प्रस्तुत गरिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले बताए । 

उनका अनुसार  संघीय सरकार समानीकरण अनुदान ११ करोड ७९ लाख, र संघिय समपुरक अनुदान ६० लाख सुम्ली बेलिब्रिज निर्माणको र संघीय सशर्त २७ करोड ६० लाख ९३ हजार रकम सार्वजानिक गरिएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताए । 

प्रदेश सरकार राजस्व बाँडफाँडमा २७ लाख ४७ हजार ९ सय २९ , प्रदेश समानीकरण १ करोड ४१ लाख ९८ हजार , प्रदेश सशर्त अनुदान ४ करोड ८८ लाख ३३ हजार र आन्तरिक राजस्व आम्दानी १ करोड ५० लाख रकम रहेको नगर प्रमुख भामको भनाई छ ।

निति तथा कार्यक्रम प्रस्तुत गर्दे नगर प्रमुख विष्णु कुमार भाम बजेटमा  दलित समुदायका ज्येष्ठ नागरिकहरुका लागि छुट्टै वृद्धाश्रम सञ्चालन गर्नेगरी नीति तथा कार्यक्रममा सार्वजानिक गरिएको थियो । साथै, कर्णाली प्रदेशको प्रमुख पर्यटकियस्थल रारा ताल क्षेत्र यस नगरपालिका क्षेत्रमा रहेको हुँदा रारा तालको पर्यटन विकास र पर्यटकहरुलाई मध्येनजर गर्दै रारामा भौतिक पूर्वाधार निर्माण तथा राराको विकासबारे गुरुयोजना निर्माण गरिने नीति तथा कार्यक्रममा सार्वजानिक गरिएको छ ।

छायाँनाथ रारा नगरपालिकाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठ मन्दिर तीर्थस्थलको संरक्षण प्रवर्द्धनमा जोड दिनुका साथै नगर क्षेत्रभित्र पर्ने प्रमुख धार्मिक स्थलहरू छायाँनाथ, ऋणमोक्ष मन्दिर, गुफालगायत अन्य धार्मिक स्थलहरुलाई पूर्वाधार विकासमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

भौगोलिक बिकटता र समस्या लाई मध्येनजर गर्दे दुर्गममा रिपोटिङ गर्ने मुगुका क्रियाशील पत्रकारहरूलाई निशुल्क स्वास्थ्य बिमासमते गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको नगर प्रमुख भामको भनाई छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ७ : १८ बजे

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युतमा क्षति

पाँचथर– अविरल वर्षापछि गएराति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो

मुस्ताङको लोमान्थाङमा नेपाल–चीन सुरक्षा समन्वय बैठक

मुस्ताङ– नेपाल–चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

काठमाडौँ– जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम

युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ– युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म जयन्ती उनको सम्झना गरी

शुक्लाफाँटा नगरपालिकाद्वारा निःशुल्क शव चिस्यान सेवा सञ्चालन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरवासीका लागि निःशुल्क शव चिस्यान (डेथ