इच्छाकामनामा कृषि एम्बुलेन्स सञ्चालन | Khabarhub Khabarhub

इच्छाकामनामा कृषि एम्बुलेन्स सञ्चालन


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल खेतबारीबाटै बजारसम्म पुर्‍याउन इच्छाकामना गाउँपालिकाले कृषक समूहलाई अनुदानमा तीन वटा कृषि एम्बुलेन्स उपलब्ध गराएको छ ।

गत आर्थिक वर्ष र चालु आवको बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकी कृषि अधिकृत समीक्षा पौडेलका अनुसार गाउँपालिकाको ७५ प्रतिशत अनुदान र कृषक समूहको २५ प्रतिशत लागतमा तीनवटा कृषक समूहलाई गत आव र अहिले गरी तीनवटै कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

यस वर्ष इच्छाकामना–१ को सिराइचुली कृषि सहकारी संस्था र इच्छाकामना–६ स्थित चण्डीभञ्ज्याङ सामाजिक उद्यमी महिला सहकारी संस्थाका लागि एक÷एक वटा कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको पौडेलले जानकारी दिए। गत आवको असारमा इच्छाकामना–२ स्थित हपनी कृषक समूहलाई एउटा एम्बुलेन्स हस्तान्तरण गरिएकोे थियो ।

गत आवमा हस्तान्तरण गरिएको कृषि एम्बुलेन्सले  मायाटार, वल्र्याङ क्षेत्रका किसानको कृषि उपज ढुवानीमा सहज भएको पाइएसँगै यसको प्रभावकारिता सकारात्मक देखिएपछि चालु आर्थिक वर्षमा वडा नं १ र ७ मा थप दुईवटा कृषि एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए।

उहाँले पालिकाले कृषि योजनालाई उच्च प्राथमिकता दिएसँगै कृषि उत्पादन र यसको बजारीकरणका लागि कृषि एम्बुलेन्स आवश्यक ठानेर हस्तान्तरण गरिएको बताए । पालिकाको भाराङ, हात्तीवाङ, मायाटार, वल्र्याङ दाहाखानीलगायतका क्षेत्रलाई लक्षित गरी कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको उनले जानकारी दिए।

कृषि एम्बुलेन्सको प्रयोगले भौगोलिक विकटताका कारण किसानले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित बजार नपाउँदा बारीमै फाल्नुपर्ने अवस्थाको अन्त्य हुने प्रमुख गुरुङको विश्वास छ । गाउँमा उत्पादन भएका कृषि उपज एम्बुलेन्स चालकले बिक्री गरेर साँझ पैसा पुर्‍याइदिने व्यवस्थासमेत मिलाएको उनले स्पष्ट पारे।

धेरैजसो पहाडी इलाका रहेको इच्छाकामनामा उल्लेख्य मात्रामा तरकारी तथा फलफूलखेती हुने गर्दछ । यहाँ उत्पादित फलफूल र तरकारीको मुख्य बजार राजमार्गमा रहेका चुम्लिङटार, कुरिनटार र मुग्लिन हो ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : ०४ बजे

शिवम् सिमेन्टको नो कम्प्रोमाइज अन्तर्गतको चौथो भिडियो सार्वजनिक

काठमाडौं– शिवम् सिमेन्टले चर्चित ब्राण्ड क्याम्पेन क्वालिटीको मामलामा नो कम्प्रोमाइजअन्तर्गतको

प्रतिकूल मौसमले देशभरको हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ

एभरेष्ट बैंकको ३१औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडको ३१औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको

देशभरका विमानस्थलमा नेपाल टेलिकमको फ्री वाईफाई सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा

बजारमा सुन किन्नेभन्दा बेच्ने बढी भए

नेपालको सुन बजार पछिल्ला दिनहरूमा निकै अस्थिर बन्दै गएको छ