भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान « Khabarhub

भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

बागलुङ । जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिराला जमिन भेडाका बथानले ढाकिएका थिए । जेठ दोस्रो सातादेखि किसानले पशुचौपाया बुकी उकाल्न थालेपछि अहिले तल्लो क्षेत्र सुनसान बनेका छन् ।

यतिबेला सोडेडाँडा, ढोरपाटन देउराली, पातीहाल्नेलगायत ठाउँमा गाईभैँसी, भेडाबाख्रा, भोटे कुकुरसँगै गोठाला किलादाम्ला र खर्चबर्च बोकी बुकी उक्लिरहेका भेटिन्छ । हरेक वर्ष बर्खाको समय बुकी (लेक) र हिउँदको समय बेंसी (औल)मा बस्ने पश्चिम बागलुङका गोठालाको परम्परा नै हो । एकै परिवारले सयौँको सङ्ख्यामा पशुचौपाया पाल्ने हुँदा बाह्रै महिना एकै ठाउँमा बसेर घाँस र दाना पु¥याउन नसकिने हुँदा यहाँका स्थानीय हरेक वर्ष यस्तै गर्छन् ।

हिउँदमा बेंसी क्षेत्र रमाइलो हुने गरेकामा बर्खा लाग्न थालेपछि बुकीमा पशुचौपाया र गोठालाको चहलपहल बढेको छ । अबको एक सातामा बुकी भेडाका बथानले भरिन्छन् भने बेंसी क्षेत्र रित्तो हुन्छन् । अघिल्लो वर्ष असोज र कात्तिकमा बेंसी झरेका गोठाला सात महिनापछि लेक उक्लिन थालेका हुन् भने अबको करिब पाँच महिना उनीहरुले लेकमै बस्ने छन् । यतिबेला बेंसीमा घाँस सकिएकोे र लेकमा प्रशस्त पाइने भएकाले गोठाला दुई हजार दुई सय मिटरदेखि चार हजार पाँच सय मिटरको उचाइसम्म पुग्ने गर्छन् ।

बर्खाभरी बुकीमा पालेका भेडाबाख्रा दसैँताका सहर बजारसम्म लगेर बिक्री गर्ने यहाँका गोठालाले त्यसबाट राम्रो आम्दानी गर्ने गरेका छन् । निसीखोलाको रिग, खानीखोला, तमानखोलाको सोलेडाँडा, ढोरपाटनको माथिल्लो बुकी, जलजला लगायतका क्षेत्र गोठालाहरुको मुख्य बासस्थान हो । रिग र खानीखोलामा रोल्पा र रुकुमका गोठाला पनि आउने गर्छन् ।

हिउँदको समय बुकीमा हिउँ पर्ने र जाडो हुनेहुँदा बेँसी ओर्लनु यहाँको चलनै हो । अहिले लेक चढ्ने भेडीगोठाला साउन भदौतिर एक÷दुई पटक खर्च लिन गाउँ झर्ने गरे पनि बाँकी समय बुकीमै बिताउने गरेका निसीखोला गाउँपालिका–६ का गोरखबहादुर घर्तीमगरले बताए । बुकीमा भएका बेला बिरामी परे मात्रै बेंसी झर्ने गरेको उनको भनाइ छ । “आठ÷नौ सय भेडाबाख्रा छन्, चार दिन अगाडि जेठानले बुकी लगेर जानुभयो, मलाई अलि सञ्चो थिएन र अहिले बल्ल ठीक भएर खर्च लगेर जाँदैछु, अब असोजमा आउने हो । अब खर्च सिकियो वा दुःख बिमार लाग्यो बने मात्रै बेंसी झर्ने हो”, घर्तीमगरले भने ।

यहाँका किसान लेकबेंसी गरेर हजारौँको सङ्ख्यामा पशुपालन गर्छन् । उनीहरुले आफ्नै बलबुतामा परम्परागत पशुपालन पेसा अँगाल्दै आएका छन् । पछिल्लो समय सडक बनेपछि केही सहज भएको छ तर राज्यले आफूहरुलाई कुनै सहुलियत नदिएको धेरैको गुनासो छ ।

पूर्वी रुकुमको भूमे गाउँपालिका–१ का हर्कबहादुर बुढामगरले आफ्नै बलबुतामा सयौँ पशुबस्तु पाले पनि सरकारबाट कुनै सहुलियत नपाएको बताए ।

“पहिले त निकै कष्ट हुन्थ्यो, अहिले सडक बनेपछि केही राहत भएको छ । त्योभन्दा बाहेक सरकारबाट केही पाएका छैनौँ । मध्यपहाडी लोकमार्ग भेडीगोठ नजिकै पर्ने हुँदा यात्रा गर्ने यात्रुले बथानमा आएर भेडा किनेर लैजान्छन्, बाँकी दशैंतिहारमा सहरबजार लिएर आम्दानी गरिरहेका छौँ । यही हाम्रो आम्दानीको स्रोत हो”, उनले भने ।

असार लागेपछि बुकी बीसौँ हजार भेडाबाख्राले भरिएको बुढामगरले बताए । गाउँबाट बुकी पुग्न करिब चार दिन लाग्ने गरेको उनले सुनाए । “यो भेडाबाख्राले बुकी ढाकिने सिजन हो, कति छन् गन्नै सकिँदैन । गोठाला पनि धेरै हुन्छन्, कसको बथानमा कति भेडा छन्, त्यो स्वयं गोठालालाई मात्रै थाहा हुन्छ”, बुढामगरले भने, “पोहोरसाल जेठमै बुकी गएको थिएँ, यस वर्ष अलि ढिला पानी परेकाले असार लागेपछि मात्रै माथि उक्लिन थालेका छौँ, अब असोजमा भेडा बेच्न बजार झर्ने हो ।”

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : २१ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन