महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा « Khabarhub

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति तथा स्वास्थ्य कार्यालय महोत्तरीले सदरमुकाम जलेश्वरमा आयोजना गरेको पूर्ण खोपयुक्त जिल्ला घोषणासभालाई सम्बोधन गर्दै मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका हुन् ।

उनले ‘खोजी खोजी खोप लगाऔँ, देशको भविष्यलाई सुनिश्चित बनाऔँ’ भन्ने नारा लगाउँदै जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मीलाई पूर्ण खोपयुक्त जिल्ला बनाउनमा पु(याएको योगदानको प्रशंसा गरे । उनले आजको बालबालिका, भोलिको भविष्य रहेकाले भविष्य पूर्ण स्वस्थ्य हुनुपर्ने र त्यसका लागि सबै प्रकारका खोप अनिवार्य रहेकाले कुनै बालबालिका खोपबाट वञ्चित नहुनुपर्ने धारणा राखे ।

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएसँगै मधेस प्रदेश पूर्ण खोपयुक्त घोषणा हुने बाटो खुलेको छ । यसै साता मधेस प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गरिने मन्त्री सिंहले बताए ।

कार्यक्रमका अध्यक्ष महोत्तरी जिल्ला समन्वय समिति तथा खोप समन्वय समितिका प्रमुख सुमनकुमारलाल कर्णलाई मन्त्री सिंहले पूर्ण खोपयुक्त घोषणाको प्रमाणपत्र प्रदान गर्दै पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका थिए ।

सोही कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री केशव राय, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, स्वास्थ्य कार्यालय प्रमुख सुनिता गुप्तालगायतले जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्न खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ९ : ३५ बजे

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा

प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेन-जी आन्दोलनका सहिदहरुको सालिक