आज २०८१ साल साउन ११ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल साउन ११ गते शुक्रबारको राशिफल


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन ११ गते शुक्रबार तदनुसार सन् २०२४ जुलाई २६ तारिख। साउन कृष्ण पक्षको षष्ठी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : सञ्चित धन खर्च हुनेछ। हरेक काममा खर्च कटौती राम्रो होला। न्यायिक क्षेत्रमा सफलता मिल्ने छ। स्वदेशमा गरेको लगानीबाट नाफा हुनेछ। एक्लै लगानी गर्नु भन्दा कार्यगत एकताबाट राम्रो आम्दानी हुने दिन छ। शिक्षा, स्वास्थ्य र पारिवारिक क्षेत्रमा तपाईको दिन अब्बल रहेको छ।

वृष : आज कला र गलाको माध्यमबाट बन्ने काम सफल हुनेछ। थोरै लगानीबाट राम्रो उन्नती हुनसक्छ। तपाईको रोजाईमा पर्ने स्वास्थ्य, शिक्षा र वैदेशिक व्यापारमा नाफा हुनेछ। राजनीतिक क्षेत्रबाट फाइदा हुनेछ। परिवारले राम्रो साथ दिने दिन छ।

मिथुन : दिन सामान्य छ। साथीभाइ असन्तुष्ट हुनेछन्। धार्मिक कार्यमा मन जानेछ। राजनीतिक क्षेत्रमा मानसम्मान मिल्नेछ। व्यस्तता बढ्नेछ। परिवारको सल्लाह लिएर गरेको काममा सफलता मिल्नेछ।

कर्कट : कुरा काट्नेहरु बढ्नेछन्। व्यवसायमा भने प्रगति हुनेछ। भाग्यस्थानमा चन्द्रमा रहेकाले अचानक आम्दानी बढ्ने योग छ। परिवारमा भने विवाद हुने जोखिम रहेको छ।

सिंह : साथीभाइले खुट्टा तान्नेछन्। स्वास्थ्यमा सुधार हुने भएकाले मनमा उत्साह र उमङ्ग बढ्नेछ। उत्तरको लामो यात्रामा नगर्नु राम्रो होला। अधिकारको नाममा प्रतिवाद गर्नुपर्नेछ। परिवारको साथ सहयोग मिल्नेछ।

कन्या : दिन रमाइलो छ। नयाँ आम्दानीको बाटो खुल्नेछ। आज बनाएको योजना दीर्घकालीन बन्नसक्छ। थोरै बोलेर धेरै काम गर्ने दिन छ। प्रेम सम्बन्धमा सुमधुरता बढ्नाले दिन रमाइलो हुनेछ। वैदेशिक लगानीमा फाइदा हुनेछ।

तुला : हरेक क्षेत्रमा मेहनत गर्नुपर्ने देखिन्छ। श्रम गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। आफूले थोरै काम गरेर विज्ञको साथ लिनुपर्ने दिन छ। सामाजिक र राजनीतिक क्षेत्रबाट मानसम्मान मिल्नेछ। परिवारको कोही सदस्यलाई साथमा लिएर अघि बढेमा फाइदा हुनेछ।

वृश्चिक : आज शिक्षाको माध्यमबाट भाग्य चम्कने दिन छ। लगानीको स्रोतमा शिक्षा छनोट गर्दा फाइदा हुनेछ। परिवार र साथीभाइबाट सकारात्मक साथ मिल्नेछ। नियमित क्षेत्रमा भन्दा फरक व्यवसायमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

धनु : संघर्षपूर्ण दिन रहेको छ। अधिकारको लागि प्रतिवाद गर्नुपर्ने दिन छ। अल्छीपनले दैनिक व्यवसायमा समस्या हुनसक्छ। राजनीतिमा झन्झट आइलाग्ने जोखिम छ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम र लगानीको परिणाम राम्रो आउनेछ। परिवारको साथ सहयोग मिल्नेछ।

मकर : दिन रमाइलो छ। साथीभाइ दाहिना हुँदा दिन उत्साहपूर्ण हुनेछ। योजना दीर्घकालीन हुनेछन्। सामाजिक सेवामा मन जानेछ। पारिवारिक सुत्रले कमजोरी पत्ता लगाएर निगरानीमा राख्न सक्छन्। मानसिक तनाव भने बढ्ने देखिन्छ।

कुम्भ : दिन राम्रो छ। धन आर्जन गर्ने समय छ। वैदेशिक क्षेत्रमा श्रम लगानी गरेको भए राम्रो आम्दानी हुनेछ। तपाईको कामको प्रशंसा हुनेछ। बोलीका कारण लज्जाबोध हुनेछ। थोरै बोल्नु राम्रो होला। परिवारको साथ सहयोग भने मिल्नेछ।

मीन : भाग्य उदय हुने दिन छ। सामान्य प्रयास गरेपनि फाइदा राम्रो हुनेछ। आफूले गर्दै आएको दैनिकी सुविधामा पदोन्नती हुनेछ। कम बोल्दा ठुलो फाइदा हुनेछ। परिवारभित्रको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ५ : ०२ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा