बागमतीमा मन्त्रिपरिषद् विस्तार : १३ मन्त्रीको कार्यविभाजन « Khabarhub

बागमतीमा मन्त्रिपरिषद् विस्तार : १३ मन्त्रीको कार्यविभाजन


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार उनले नेपाली कांग्रेसका ४ जना मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री लामाले नियुक्त गरेका मन्त्रीहरूमा मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने, विमल ठकुरी र प्रभात तामाङ छन् । 

नव नियुक्त मन्त्रीहरूको आजै मन्त्रालयसमेत तोकिएको छ । जसमध्ये मीनकृष्णलाई युवा तथा खेलकुद मन्त्रालय, सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र प्रभातलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि मन्त्रीमा नियुक्त भएर बुधबार सपथ लिइसकेका कांग्रेसकै ३ जनामध्ये २ जनालाई मन्त्रालयको जिम्मेवारी दिइए पनि एक जनाको मन्त्रालय अझै टुंगो लागेको छैन । कुन्दनराज काफ्लेलाई सामाजिक विकास मन्त्रालय र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सुम्पिँदा मदुकुमार श्रेष्ठको मन्त्रालय तोकिएको छैन ।

१४ सदस्यीय मन्त्रिपरिषद्‌मा नेकपा एमालेका तर्फबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रेम भक्त महर्जन श्रम रोजगार तथा यातायात मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, किरणले थापा स्वास्थ्य मन्त्रालय र  सुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ७ : ४० बजे

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले